जेरुसेलमको विरोधीलाई सहयोग रोक्ने ट्रम्पको धम्की

जेरुसेलमको विरोधीलाई सहयोग रोक्ने ट्रम्पको धम्की
+
-

संयुक्तराष्ट्रसंघ- इजरायलको राजधानी जेरुसेलम सार्ने निर्णयका विरोधीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक सहयोग रोक्ने धम्की दिएका छन्।

ट्रम्पले इजरायलको राजधानी जेरुसेलमलाई मान्यता दिने घोषणा गरेका थिए । उक्त घोषणासँगै उनले इजरायलस्थित अमेरिकी दूतावास तेल अभिभबाट जेरुसेलम सार्न आदेश दिएका थिए ।

ट्रम्पको निर्णयको संसारभर विरोध भइरहेको छ। संयुक्त राष्ट्रसंघमा ट्रम्पको निर्णयविरुद्ध प्रस्ताव ल्याइएको थियो । उक्त प्रस्तावको समर्थनमा मतदान गर्नेहरूलाई उनले यस्तो धम्की दिएका हुन्।

त्यस प्रस्तावको विरोधमा अमेरिकाले भिटो प्रयोग गरेको थियो । जेरुसेलम प्रकरणछि अमेरिका विश्वमा एक्लो देखा परेको छ । फ्रान्स, बेलायत जस्ता उसका परम्परागत मित्रले पनि विरोध गर्दै आएका छन्।

साउदी अरेबिया जस्तो सहयोगी पनि अमेरिकाको विरोधमा उत्रिएका छन् । ट्रम्पले भने, ‘यिनीहरू हामीबाट अरबौं अमेरिकी डलर सहयोग लिन्छन् फेरि हाम्रै विरोधमा मतदान गर्छन् ।’ उनले अमेरिकी सहयोग पाइरहेका मुलुकले यस्तो गर्नु अनुचित भएको बताए ।

उनले भने, ‘हामी ध्यानपूर्वक हेरिरहेका छौं । यिनीहरूलाई हाम्रा विरुद्ध मतदान गर्न देऊ । यसले हामीलाई केही फरक पर्नेछैन।’ संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि निकी हेलीको ट्विट आएलगत्तै ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन्।

निकीले ट्विटमा भनेकी थिइन्,’संयुक्त राष्ट्रसंघको महासभामा हाम्रो निर्णयको आलोचना गर्ने देशको नाम अमेरिकाले ख्याल गर्नेछ।’ राष्ट्रसंघीय महासभामा जेरुसेलम विवादमा बिहीबार आपत्कालीन बैठक बस्दै छ।

यसअघि यसै विषयमा राष्ट्रसंघमा प्रस्ताव पेश भएको थियो । सुरक्षा परिषद्का सबै १४ सदस्यले यस मस्यौदाको पक्षमा मतदान गरेका थिए । त्यसलाई अमेरिकाले भिटो लगाएर असफल बनाइदिएको थियो।

यो पनि हेर्नुहोस्:

जेरुसेलमलाई इजरालयको राजधानी बनाउने ट्रम्पको निर्णय विवादमा

ट्रम्पको सुरक्षा रणनीति मा ‘अमेरिका फर्स्ट’, रुस र चीन प्रतिस्पर्धी

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?