भैरहवाको लगातार दोस्रो जित

भैरहवाको लगातार दोस्रो जित
+
-

काठमाडौं-एभरेस्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटमा भैरहवा ग्लाडियटर्सले लगातार दोस्रो जित हात पारेको छ।

बिहीबार भएको पहिलो खेलमा भैरहवाले ललितपुर प्याट्रियट्सलाई चार विकेटले हराएको छ । रोमान्चक खेलमा भैरहवाले एक सय ४२ रनको लक्ष्य अन्तिम बलसम्म खेलेर पुरा गर्‍यो ।

भैरहवाको पालीमा पुनित विष्टले ५०, रोहित कुमारले अविजित ३१ र आरिफ शेखले २७ रन बनाए ।

अन्तिम बलमा एक रन आवश्यक भएका बेला कृष्ण कार्कीले चौका प्रहार गरेका थिए । उनको सामना गरेको त्यो पहिलो बल थियो।

४९ रन जोड्दा चार विकेट गुमाएको भैरहवाले पाँचौं विकेटका लागि ५९ र छैटौं विकेटका लागि ३३ रनको साझेदारी गरेको थियो ।

पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४९ रन जोडेको थियो।

ललितपुरको पालीमा योगेश नागरले ५४ र कप्तान ज्ञानेन्द्र मल्लले ४२ रनको योगदान गरे । जयकिशन कोल्सवालाले १४ रन बनाए।

ललितपुरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नागरले ३३ बलमा एक छक्का र सात चौका प्रहार गरे । मल्लले २९ बलमा तीन छक्का र दुई चौका हिर्काए ।

भैरहवाका दिपेश श्रेष्ठले तीन तथा आरिफ शेख र पुनित मिश्राले दुई दुई विकेट लिए । शरद भेषावकरले पनि एक विकेट हात पारे ।

भैरहवाले आफ्नो पहिलो खेलमा बुधबार काठमाडौं किंग्स इलेभेनलाई हराएको थियो । दुई खेलबाट विराटनगर वारियर्स र भैरहवाको समान चार अंक छ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले तीन खेलबाट दुई अंक जोडेको छ । ललितपुरले लगातार दोस्रो हार ब्यहोरेको हो।

बिहीबार हुने दोस्रो खेलमा चितवन टाइगर्स र काठमाडौंबीच प्रतिस्पर्धा हुने छ ।

यो पनि हेर्नुहोस्:

पारसको टोलीको दोस्रो जित

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?