नेपालमै रोजगारीको वातावरण बनाउन पण्डितको जोड

नेपालमै रोजगारीको वातावरण बनाउन पण्डितको जोड
+
-

विराटनगर- एमाले पोलिटब्यूरो सदस्य एवं निर्वाचित सांसद लालबाबु पण्डितले विदेशमा काम गर्ने नेपालीलाई मुलुकमै रोजगारीको वातावरण बनाउन उद्योगी व्यवसायीको महत्वपूर्ण हात रहने बताएका छन्।

विराटनगरमा बुधबार जुत्ताचप्पल व्यापार मेला उद्घाटन गर्दै पण्डितले नेपाली उद्योगलाई बलियो बनाउँदै रोजगारीको वातावरण मुलुकमै बनाउनुपर्नेमा जोड दिएका हुन्। उनले यहाँ उत्पादित उत्पादनलाई गाउँगाउँसम्म पुर्‍याउने वातावरण निर्माण गर्न आवश्यक रहेको औँल्याए।

तेस्रो मुलुकबाट आयात हुने सामग्रीको प्रयोगमा कमी ल्याउन आग्रह गर्दै नेता पण्डितले नेपाली उत्पादनलाई आत्मसात् गर्नुपर्ने बताए।

उद्घाटनका क्रममा उनले गुणस्तरीय जुत्ताचप्पलको उत्पादनमा बृद्धि गर्दै नेपाली उद्योगहरु निमुखा र विपन्न वर्गतर्फ लक्षित हुनुपर्नेमा जोड दिएका हुन्। त्यसैगरी उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले सरकारले जुत्ता चप्पलका उद्योग अात्मनिर्भर बनाउन उचित नीति बनाउनुपर्नेमा जोड दिए।

नेपाली उद्योगहरुले अझै पनि जुत्ताको कच्चापदार्थ विदेशबाट निर्यात गर्नुपर्ने हुँदा ती सामग्रीहरुमा भन्सार कर न्यूनतम बनाउन आवश्यक रहेको उनले स्पस्ट पारे। यसैक्रममा उनले विदेशबाट भित्रिने जुत्ताको भन्सार करमा बृद्धि गरी स्वदेशी लगानीमा खुलेको उद्योग र त्यसका गुणस्तरीय उत्पादनलाई जनतामाझ पुराउने व्यवस्था गर्न अध्यक्ष उपाध्यायले माग गरे। नेपालमा उत्पादन भएका जुत्ताचप्पलको मुुलुकभित्र ६० प्रतिशत बजार रहेको उनको भनाइ छ।

२० दिनसम्म चल्ने मेलामा ७५ देखि ५ हजार रुपैयाँसम्मका स्वदेशी उद्योगका उत्पादन रहेको आयोजक नेपाली जुत्ता घरले जनाएको छ। ५ वटा स्टल राखिएको प्रदर्शनीमा क्रसरोड, शिखर सु, हाइलाइफ, डियर हिल्स सु, सुल्याण्ड उद्योगका उत्पादन राखिएको छ। मोरङसहित झापा र सुनसरीलाई समेत लक्षित गरी आयोजना गरिएको प्रदर्शनीमा ७५ प्रतिशतसम्म छुटको व्यवस्था रहेको आयोजक पक्षले जनाएको छ।

 

यो पनि हेर्नुहोस्:

जागिर नपाएपछि माछापालन, लाखौंको कमाइ

पपुवा न्युगिनी पठाइदिने भन्दै २७ लाख ठग्ने पक्राउ

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?