पाक सेनाप्रमुखद्वारा राजीनामा दिने चेतावनी

पाक सेनाप्रमुखद्वारा राजीनामा दिने चेतावनी
+
-

इस्लामाबाद-पकिस्तानी सेनाप्रमुखले कट्टरपन्थी समूहको प्रदर्शनमा सेनाको संलग्‍नता भेटिए राजीनामा दिने बताएका छन्।

पाकिस्तानमा हालै भएको कट्टरपन्थीको विद्रोहमा सेनाको हात रहेको बताइएको थियो। सेनाका अधिकारीले आन्दोलन चर्काउन सहयोग गरेबापत धन्यवाद दिँदै आन्दोलनकारीलाई केही रकम दिएको भिडियो फुटेज सार्वजनिक भएको थियो । यसपछि उक्त आन्दोलन सेनाले गराएको अनुमान गरिएको थियो ।

कट्टरपन्थीको उक्त आन्दोलनबाट बाध्य भएर कानुनमन्त्रीले राजीनामा दिएका थिए । उनको राजीनामासँगै सरकारलाई अप्ठेरो पार्न सेनाले उनीहरूलाई सहयोग गरेको खुलासा भएको थियो।

उक्त आन्दोलन पाकिस्तानी सेनाले नै गराएको भन्ने आवाज उठ्न थालेपछि सेनाप्रमुख जनरल कमर बाजवा अप्ठेरोमा परेका छन् । उनले यसमा सैन्य संलग्नता झूटो आरोप भएको बताउने गरेका छन् ।

उक्त आन्दोलन तीन सातासम्म चलेको थियो । उनीहरूले पाकिस्तानका प्रमुख शहरमा धर्ना दिँदा राजमार्ग र रेल सेवा बन्द भएका थिए।

कट्टरपन्थीले राजधानी इस्लामाबादमा जनजीवन ठप्प पारेका थिए । कट्टरपन्थी तहरी–ए–लबैक वा रसुल अल्लाह (टिएलवाई) र ऊसँग सम्बद्ध करिब २ हजार कार्यकर्ताले बाटोमै धर्ना दिएका थिए।

प्रदर्शनकारीले बाटो रोकेपछि जनजीवन अस्तव्यस्त भएको भन्दै न्यायालयले उनीहरूमाथि हस्तक्षेप गर्न आदेश दिएको थियो । लामो समयसम्म पनि सरकार मौन रहेको भन्दै न्यायालयले सरकारको आलोचना पनि गरेको थियो।

‘एक्सप्रेस ट्रिब्यून’का अनुसार आन्दोलनमा सेनाको संलग्नता भएको भेटिए आफूले तत्काल राजीनामा दिने उनले दाबी गरे।

यसअघि पनि न्यायालयले भ्रष्टाचारमा संलग्न रहेको आरोपमा प्रधानमन्त्री नवाज शरीफलाई पदमा बस्न अयोग्य भएको भन्दै राजीनामा दिन आदेश दिएको थियो । पाकिस्तानमा सेना र न्यायालय मिलेर सरकार अपदस्त गर्ने गरेको आरोप लाग्दै आएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?