रोहिंग्याका ४० गाउँ पूरै जलाइए

रोहिंग्याका ४० गाउँ पूरै जलाइए
+
-

नइपिदवा-म्यान्मारमा ४० वटा गाउँ पूर्ण रूपमा जलाइएको मानवाधिकारवादी संगठन, ह्युमन राइट्स वाचले सोमवार जानकारी दिएको छ।

अक्टोबरदेखि नोभेम्बरको बीचमा म्यान्मारको सेनाले रोहिंग्या बसोबास भएका ४० वटा गाउँ जलाइदिएको छ।

म्यान्मारमा २५ अगस्तदेखि सेनाले कारबाही शुरु गरेको थियो । उक्त कारबाहीपछि ६ लाख ५५ हजार रोहिंग्या देश छोडेर बंगलादेश जान विवश भएका छन्।

ह्युमन राइट्स वाचले उपग्रहद्वारा प्राप्त तस्बिरको आधारमा उक्त रहस्य खुलासा भएको बताएको छ । ती तस्बिरका आधारमा घटनास्थल पुगेर जाँच्दा उक्त घटना पुष्टि भएको थियो।

त्यस अवधिमा ३५४ भन्दा बढी गाउँ जलाइएको खुलासा भएको थियो । हालै म्यान्मार सरकारले बंगलादेशमा रहेमा रोहिंग्यालाई स्वदेश फर्कन आह्वान गरिरहेको छ।

उनीहरूलाई स्वदेश फिर्ता गर्ने विषयमा बंगलादेश र म्यान्मार सरकारबीच २३ नोभेम्बरमा हस्ताक्षर भएको थियो । ह्युमन राइट्स वाचका निर्देशक ब्राड एडम्सले म्यान्मारको सरकारले शरणार्थी फिर्ता गर्ने भनेर ढाँट्ने काम गरेको बताए।

एडम्सले भने, ‘रोहिंग्या बसोबास भएका गाउँ लगातार नष्ट भइरहेका छन्। त्यहाँको सेनाले यो कुरा अस्वीकार गर्दै आएको छ । त्यहाँको सरकारले शरणार्थी फिर्ता गर्ने प्रतिबद्धता देखावटी मात्रै हो ।’ उनले त्यहाँको सेनाले हत्या, हिंसा र बलात्कार गर्ने गरेको आरोप पनि लगाए ।

 

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?