नक्कली समाचार अब गुगलले हटाइदिने

नक्कली समाचार अब गुगलले हटाइदिने
+
-

न्युयोर्क: अनलाइनमा नक्कली समाचार राख्ने र झुक्याउन खोज्ने वेबसाइटलार्इ आफ्नो साइटबाट हटाउने नीति सर्च इन्जिन गुगलले ल्याएको छ।

अनलाइनमा नक्कली र फर्जी सामग्री बढेकाले यस्तो गर्नुपरेको गुगलले आइतबार जानकारी दिएको छ।

गुगलमा राखिएका सामग्रीमा आफ्नो स्वामित्व, प्रमुख उद्देश्य र कुन देशबाट सञ्चालन गरिएको भन्ने सबै जानकारी खुलाउनसमेत उसले आग्रह गरेको छ। देशको जानकारी लुकाइएका तथा प्रयोगकर्तालार्इ झूटो जानकारी दिने त्यस्ता साइटलार्इ आफ्नो न्यूज समाचार सूचीबाट हटाउने चेतावनी गुगलले दिएको छ।

सूचना क्षेत्रका चर्चित कम्पनीका मालिक एवम् विज्ञहरुसँगको बैठकमा गुगलले नयाँ नीति स्पष्ट पारेको हो। विश्वका सबै समाचारलार्इ एकत्रित गर्ने र पाठकलार्इ उपलब्ध गराउन चाहेको उसले खुलासा गरेको छ। उपयोगी सूचना उचित समयमा इच्छुक व्यक्तिलार्इ उपलब्ध गराउनु आफ्नो कर्तव्य भएको पनि उसले दाबी गरेको छ।

गुगल न्युजमा समावेश गरिएका साइटले आफ्नो स्वामित्व र मूल उद्देश्य खुलाउनैपर्नेमा जोड दिएको छ। यसैगरी सूचना प्रयोग गर्नेलार्इ गलत जानकारी नदिन आग्रह गरेको छ।

यसैगरी वेबसाइटले समाचार छाप्ता डेटलाइन र बाइलाइन पनि उल्लेख गर्नुपर्नेछ। न्युज पेजमा विज्ञापन र प्रायोजित सामग्री समाचारभन्दा बढी नराख्न गुगलले अग्रह गरेको छ।

यो पनि हेर्नुहोस्:

‘निर्वाचनको समाचार संकलन कार्य सहज हुनुपर्छ’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?