ट्रम्पको सुरक्षा रणनीति मा ‘अमेरिका फर्स्ट’, रुस र चीन प्रतिस्पर्धी

ट्रम्पको सुरक्षा रणनीति मा ‘अमेरिका फर्स्ट’, रुस र चीन प्रतिस्पर्धी
+
-

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेका छन्।

उनले अमेरिकाको राष्ट्रपति भएपछि सोमबार पहिलो पटक आफ्नो प्रशासनको सुरक्षा रणनीति सार्वजनिक गरेका छन्।

उनले यसअघि भन्दै आएका आफ्नो प्रशासनको एक हिसाबले स्थायी अभिव्यक्तिजस्तै मानिएको ‘अमेरिका फर्स्ट’ (पहिले अमेरिका) भन्‍ने कार्यक्रमलाई उक्त रणनीतिमा पनि प्राथमिकतामा राखेका छन्।

राष्ट्रपति ट्रम्प सत्तामा आएको करिब वर्षदिनपछि उक्त राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेका छ। यसमा विशेषगरी आर्थिक शक्ति र आन्तरिक सुरक्षामा बढी जोड दिइएको देखिन्छ।

साथै सीमा नियन्त्रणमा पनि यसले कडाइ गरेको छ। यस सुरक्षा रणनीतिमा अमेरिकी सेनाको पक्षमा बलियो अडान लिइएको पनि देखिएको छ।

आर्थिक पक्षका बारेमा पनि सुरक्षा रणनीतिमा समेटिएको छ। आर्थिक तथा अन्य हिसाबले अमेरिकाले अर्को विश्वलाई के कस्तो व्यवहार गर्न चाहेको छ भन्ने कुरा पनि यस रणनीतिमा समेटिएको छ।

उनले अरु विश्वलाई सहकार्य भन्दा पनि प्रतिस्पर्धामा जोड दिएका छन्। साथै उक्त रणनीतिमार्फत उनले रुस र चीनलाई अमेरिकाको सहकार्य होइन कि प्रतिस्पर्धी हुन् भनेका छन्।

उक्त रणनीति सार्वजनिक गर्ने क्रममा गरेको सम्बोधनमा ट्रम्पले अमेरिकालाई प्रतिस्पर्धी शक्तिका रुपमा चीन र रुसले चुनौती दिइरहेको उल्लेख पनि गरेको समाचारमा जनाइएको छ ।

कुनै संघ वा व्यक्तिको नामै नलिई उनले अमेरिकाले आतङ्ककारीहरु, आतङ्कवादी संगठन, तथा विविध खालका अपराधिक सञ्जालहरुबाट हिंसाको सामना गर्नुपरिरहेको र यो उसका लागि एक किसिमको चुनौती नै रहेको पनि बताए।

राष्ट्रपति ट्रम्पले अमेरिकी मान्यता र सम्पत्तिलाई अरु प्रतिश्पर्धीहरुले भने चुनौती दिने कोशिश गरिरहेको उल्लेख गरे। उनले यी चुनौती दिएकाहरुको नाम उल्लेख नगरेपनि विशेषत यसअघि अमेरिकाका मुख्य प्रतिस्पर्धीमा चीन र रुस रहेको बताएकोले तीनै देशको चुनौती हो भनिएको छ ।

उनले राष्ट्रिय स्वार्थको संरक्षण गर्ने र अमेरिकी प्रभाव र मान्यताहरुको हितका साथै अमेरिका पहिला भन्‍ने आफ्नो मान्यतालाई यस सुरक्षा रणानीतिले सघाउन पुर्‍याउने धारणा राखेका थिए। (रासस)

यो पनि हेर्नुहोस्:

जेरुसेलमलाई इजरालयको राजधानी बनाउने ट्रम्पको निर्णय विवादमा

अमेरिकी सामान बहिष्कार गर्न माग

मुस्लिम देशलाई प्रतिबन्ध लगाउने ट्रम्‍पको निर्णय सर्वोच्चद्वारा सदर

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?