पिएफए र न्यू बुद्ध सेमिफाइनलमा

पिएफए र न्यू बुद्ध सेमिफाइनलमा
+
-

धनगढी- पिएफए अत्तरिया र न्यू बुद्ध युवा क्लब फूलबारी धनगढीमा जारी फारवेस्ट पशुपति कप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

धनगढी रंगशालामा सोमबार भएका क्वार्टरफाइनल खेलमा जित हात पार्दै अत्तरिया र फूलबारी अन्तिम चारमा पुगेका हुन्। पिएफए अत्तरियाले आयोजक फारवेस्ट पशुपति युवा क्लव बीलाई ४—० ले हराएको हो।

मणिराम चौधरीको ह्याट्रिकमा पिएफएले सहज जित दर्ता गरेको हो। मणिरामले पहिलो हाफको १३ र ३५ तथा दोस्रो हाफको ६९ औं मिनेटमा गोल गरे। पहिलो हाफको १७ मिनेटमा विशाल राईले एक गोल गरेका थिए। ह्याट्रिक गरेका मणिराम चौधरी म्यान अफ द म्याच भए।

धनगढी रंगशालामा भएको दोस्रो क्वार्टरफाइनलमा न्यू बुद्ध युवा क्लब फुलबारीले फारवेस्ट अत्तरिया स्पोर्ट्स एकेडेमीलाई टाई ब्रेकरमा ५—४ ले हरायो। निर्धारित र थप गरिएको समयमा कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा फूलबारी सफल भएको हो।

फूलबारीका गोलरक्षक सरोज कठरियाले अत्तरियाका लोक मगरको प्रहार रोक्दै आफ्नो टीमलाई सेमिफाइनलमा पुर्‍याए। टीमलाई जिताउने सरोज कठरीया म्यान अफ द म्याच भए। झन्डै ५ लाख नगद पुरस्कार राशी रहेको प्रतियोगिता अन्तर्गत मंगलबार पनि दुईवटा खेल हुनेछन।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?