आफ्नै क्षमताले म छानिएकी हुँ: निकिता (भिडियो अन्तर्वार्ता)

+
-

काठमाडौँ- असार महिनादेखि रिक्त चलचित्र विकास बोर्डको अध्यक्ष पदमा केही दिनअघि मात्र नियुक्त भएकी नीकिता पौडेलले आफू कुनै दलविशेषका तर्फबाट छानिएको नभई आवेदन दिएका १३ मध्ये सर्वोत्कृष्ट भएर आफू छानिएकी बताइन्। उनलाई मन्त्रिपरिषद्ले केही दिनअघि बोर्ड अध्यक्षमा नियुक्त गरेको हो।

निकिता गोपीकृष्ण फिल्मस् अन्तर्गतको नेपाल चलचित्र विकास कम्पनी तथा टिभी फिल्मीकी अध्यक्षसमेत हुन्। उनी चलचित्र निर्माता तथा राप्रपा नेता उद्धव पाैडेलकी छोरी पनि हुन्।

उनले देशसञ्चारसँग भनिन्, ‘हामी १३ जनाले आवेदन दिएका थियौँ। त्यसमध्ये एक जनाको योग्यता नपुगेर पहिला नै रिजेक्ट गरियो।  सबैमध्ये मलाई छानियो।’

उनले चलचित्र विकास बोर्डमा राजनीतिक नियुक्ति नहुने उल्लेख गर्दै आफ्नै क्षमताले आफू छानिएको बताइन्।

‘म अहिले धेरै बोल्दिन। अहिले यहाँका फाइल हेर्दैछु। सरकारले किन नियुक्तिमा ढिलो गर्‍यो, त्यो त मलाई थाहा भएन। तर म कुनै पनि राजनीतिक पार्टीमा छैन,’ उनले भनिन्।

उनले चलचित्र क्षेत्रको विकासका लागि पढेलेखेको मान्छे चाहिने उल्लेख गर्दै नेपाललाई गौतम बुद्ध र सगरमाथाले मात्र चिनाउने नभएर नेपालमा यस्ता सिनेमा पनि बन्छ भनेर चिनाउनुपर्ने बताइन्। ‘मलाई कुनै पार्टी, नेता वा मन्त्रीले बनाएको होइन,’ उनले भनिन्।

उनले एउटा टिमले आफ्नो बायोडाटा  र कुराकानी चित्त बुझेर आफूलाई बोर्ड अध्यक्ष बनाएको बताइन्। अब आउने सरकार पनि आफ्नो कामबाट खुसी हुने उनको दाबी गरिन्। ‘अर्को सरकार आउनुअघि पनि मेरा केही योजना छन्,’ उनले भनिन्, ‘जुन योजनाले सरकार पनि कन्भिन्स हुनेछ। मेरो पहिलो एजेण्डा नै बक्स अफिस हो।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?