ललितपुरको विजयी सुरुवात

ललितपुरको  विजयी  सुरुवात
+
-

काठमाडौं-सोमबारदेखि काठमाडौंमा सुरु भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा ललितपुरले विजयी सुरुवात गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा ललितपुरले काठमाडौं किङ्स इलेभेनलाई सात विकेटले हरायो।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको काठमाडौं किङ्सले १८.३ ओभरमा सबै विकेट गुमाएर ८९ रनमात्र जोड्न सक्यो। काठमाडौंलाई सस्तोमा समेट्न सुबोध भाटीले चार , ललित राजबंशीले र महबुब आलमले दुई विकेट लिए।

काठमाडौंका लागि अमित श्रेष्ठले २७, अक्सु फर्नान्डोले १५ र सोमपाल कामीले १४ रनको योगदान गरे । भारतिय खेलाडी सुबोधले ३.३ ओभरमा १४र ललितले चार ओभरमा १४ रन खर्चिए ।

ललितपुरले १६.४ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। ललितपुरको जितमा प्रारम्भिक ब्याट्सम्यान तथा विकेटकिपर जयकिशन कोल्सावालाले अविजित ४४ रन बनाए।

कप्तान ज्ञानेन्द्र मल्लले २० रन जोडे। राजविर सिंह १४ रनमा अविजित रहे। भारतीय खेलाडी कोल्सवालाले ४८ बलमा दुई छक्का र चार चौका हिर्काए।

प्रारम्भिक ब्याट्सम्यान पवन सर्राफलाई व्‍यक्तिगत शुन्य रनमा गुमाएको ललितपुरले दोस्रो विकेटका लागि ५४ र चौथो विकेटका लागि अविजित २६ रनको साझेदारी गर्‍यो।

कसिलो बलिङ गरेका ललितपुरका ललित राजबंशी प्लेयर अफ दी म्याच घोषित भए। प्रतियोगितामा ६ टोली सहभागि छन्। प्रतियोगिताअन्तर्गत मंगलबार हुने खेलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुने छ।

यो पनि हेर्नुहोस्:

काठमाडौं किङ्स ८९ रनमा सीमित

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?