दुवै राज्यमा भाजपा बहुमत उन्मुख

दुवै राज्यमा भाजपा बहुमत उन्मुख
+
-

नयाँदिल्ली-भारतका गुजरात र हिमाचल दुवै राज्यका विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) को बहुमत आउने देखिएको छ।

ती दुवै राज्यमा मतगणना जारी छ। आधीभन्दा बढी सिटमा भाजपाले अग्रता हासिल गरेको छ । भाजपा कार्यकर्ताले दुवै राज्यमा विजय र्‍याली मनाउन शुरु गरिसकेका छन्।

गुजरात विधानसभा चुनावका लागि १८२ सिटको मतगणना भइरहेको छ।

यो समाचार तयार पार्दासम्‍म भाजपा ५८ स्थानमा विजयी भएको छ भने ४४ ठाउँमा अग्रस्थानमा रहेको छ। यस्तै भारतीय कांग्रेस ४१ ठाउँमा विजयी भएको छ भने ३६ सिटमा अगाडि छ।

गुजरातका मुख्यमन्त्री विजय रुपाणी विजयी भएका छन्।

हिमाचलमा ६९ सिटमा भाजपाले ३५ भन्दा बढीमा अग्रता कायम गरेको छ।

हिमाचलमा भाजपाको प्रचारमा प्रधानमन्त्री नरेन्द्र मोदी उत्रिएका थिए भने कांग्रेसका तर्फबाट मुख्यमन्त्री वीरभद्र सिंह लागेका थिए।

यसअघि गरिएका निर्वाचन परिणाम सर्वेक्षणमा दुवै राज्यमा भाजपाको जित हुने बताएका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?