जर्मन प्रविधिद्वारा हलो ब्लक, टायल्स तथा ग्रिन ब्रिक उत्पादन सुरु

जर्मन प्रविधिद्वारा हलो ब्लक, टायल्स तथा ग्रिन ब्रिक उत्पादन सुरु
+
-

विर्तामोड– झापाको अर्जुनधारा नगरपालिकामा विल्डकन इण्डस्ट्रिज प्रालिले नेपालमै पहिलोपटक स्वचालित मेशीनद्वारा हलो ब्लक, ग्रिन ब्रिक र टायल्स उत्पादन सुरु भएको छ।

४० करोडभन्दा बढीको लगानीमा झापाका १० व्यवसायीले उक्त उद्योग सुरु गरेका हुन्।

अत्याधुनिक जर्मन प्रविधिको स्वचालित मेशिनद्वारा हलो ब्लक उत्पादन सुरु भएको छ। २०७२ सालमा दर्ता गरी परीक्षण उत्पादन सफल भई व्यवसायिक उत्पादन सुरु गरेको विल्डकन इण्डस्ट्रिज प्रालिका प्रबन्ध निर्देशक नवीन गट्टानीले बताए।

नेपालमा पहिलो व्यवसाय भएकाले पनि हलो ब्लक प्रयोगकर्ता कम भएको उनले बताए। माटोको इँटाभन्दा उक्त उद्योगबाट उत्पादित हलोब्लक, टायल्स उच्च गुणस्तर, कम वजन, बलियो तथा सुरक्षित साथै जोडाइ तथा प्लास्टरमा सिमेन्टको कम खपत हुने उनले बताए। यसको प्रयोगले पैसा र समयको पनि वचत हुने गट्टानीले बताए।

गट्टानीले नेपाल सरकारको वातावरणलाई दूषित पार्ने खालका उद्योगहरुलाई विस्थापित गर्दै प्रदूषणरहित वैकल्पिक उद्योगको स्थापनाको योजना रहेको बताए। त्यसले गर्दा पनि यो उद्योग प्रभावकारी हुने उनले बताए। उनले ८ इन्चको होलोब्लकले १० वटा इँटाको काम गर्ने बताए। वालुवा गिटी, सिमेन्ट तथा विद्युतीय कारखानाबाट निस्कने फोहोरबाट यसको उत्पादन हुने उनको भनाइ छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?