संगम कप फुटबलमा एपिएफको जित

संगम कप फुटबलमा एपिएफको जित
+
-

पोखरा- पोखरामा जारी छैटौ संस्करणको संगम कप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत आइतबार पहिलो चरणका ४ खेल सम्पन्न भएका छन्।

पोखरा रंगशालामा आइतबार भएको पहिलो खेलमा टुँडिखेल बीको समूहले बी वान भेट्रान्सको टिमलाई २–१ को झिनो गोल अन्तरले पराजित गरेको छ। टुँडिखेलको जितमा अन्जन सापकोटा र दिपक तामाङले एक/एक गोलको योगदान दिए। सापकोटाले खेलको ९ मिनेट र तामाङले खेलको १६ मिनेटमा गोल गरेका हुन्। भेट्रान्सको तर्फबाट खेलको ४४ औं मिनेटमा रोशन लिम्बुले एक गोल गरेका हुन्।

दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफले जित हासिल गरेको छ। एपिएफले एवाईसीको समूहलाई २–१ को गोल अन्तरले पन्छाएको हो। एवाईसीका दिपेन्द्र कुँवरले डिफेन्स बल बचाउन खोज्दा आफ्नै पोस्टमा गोल हुनुले एवाईसीलाई दुर्भाग्य निम्तिएको थियो। खेलको सुरुवातमै एक गोल उपहार पाएको एपिएफको लागि खेलको ४० औं मिनेटमा अविरल गिरीले एक गोल गरी जित गराएका हुन्। खेलको २० औं मिनेटमा एवाईसीका सुमन घलेले एक गोल गरी खेल बराबरीमा पुर्‍याएका थिए। अन्ततः पाएका केही अवसर खेर जाँदा एवाईसी प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिनुपर्‍यो।

तेस्रो खेलमा मिलन टोलको समूहले गौँडाको मुखको समूहलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्‍यो। खेलको ८ औं मिनेटमा गौँडाको मुखका मिलन गुरुङले बचाउन खोज्दाखोज्दै आफ्नै पोस्टमा गोल हुँदा खेलको सुरुमै दुर्भाग्य निम्तिन सुरु भएको थियो। खेलको १५ औं मिनेटमा सञ्जय गुरुङ, खेलको ६३ औं मिनेटमा सविन नेपाली र खेलको ७१ औं मिनेटमा छविन्द्र गुरुङले एकएक गोल गरेका हुन्।

आइतबारको अन्तिम तथा चौथो खेलमा शीतल ज्योति क्लवले एआईजीलाई ३–० को गोल अन्तरले पराजित गरेको छ। शीतल ज्योतिको जितमा मिलन गुरुङ, विधान कार्की र सविन बस्नेतले एक एक गोलको योगदान दिए। गुरुङले खेलको २१, कार्कीले २४ र बस्नेतले खेलको ७० औं मिनेटमा गोल गर्दा एआईजीले एक गोल पनि गर्न सकेन।

पोखराको संगम क्लवको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिता अन्तर्गत सोमबार पहिलो चरणकै ४ वटा खेल हुने भएको क्लबका सदस्य धिरज तामाङले बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?