रियल म्याड्रिड विश्वच्याम्पियन

रियल म्याड्रिड विश्वच्याम्पियन
जितपछि रियल म्याड्रिड टोली। तस्बिर: एजेन्सी।
+
-

लन्डन- स्पेनिस क्लब रियल म्याड्रिडले फिफा क्लब विश्वकपको उपाधि जितेको छ। शनिबार राति आबुधाबीमा भएको फाइनलमा रियलले ब्राजिलियन क्लब ग्रेमियोलाई १–० गोलले हरायो।

रियलको जितमा क्रिस्टियानो रोनाल्डोले गोल गरे। रोनाल्डोले ५३ औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो। ३२ वर्षीय रोनाल्डोले फ्रि किकमा गोल गरेका थिए। रोनाल्डोले यस वर्ष फिफा वर्ष खेलाडी र बेलोन डिअर दुवै जितिसकेका छन्।

रियल प्रतियोगिताको साविक विजेता हो र उपाधि रक्षा गर्ने पहिलो टोली बनेको छ। रियलले विजेता बनेसँगै यो प्रतियोगिता सर्वाधिक जित्ने बार्सिलोनाको कीर्तिमान पनि बराबरी गरेको छ।

बार्सिलोना र रियल दुवैले तीनतीन पटक उपाधि जितेका छन्। सन् २००० देखी यो प्रतियोगिता आयोजना सुरु भएको हो। यो प्रतियोगिता विश्व फुटबलका विभिन्न ६ महासंघका ६ च्याम्पियन टोली र एक आयोजक गरी सात टोलीले प्रतिस्पर्धा गर्छन्।

 

 

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?