लमहीमा प्लास्टिक कप, प्लेट र चम्चा प्रयोग र बिक्रीमा रोक 

+
-

दाङ– दाङस्थित लमही नगरपालिकाले शनिबार पुस १ गतेदेखि नगरभित्र पलास्टिकका कप, प्लेट र चम्चा बिक्री वितरण र प्रयोगमा पूर्ण रोक लगाउने भएको छ।

नगर कार्यपालिकाको शुक्रबार सम्पन्न बैठकले पुस १ गतेबाट प्लास्टिकका कप, प्लेट र चम्चा बिक्री वितरण र प्रयोगमा पूर्ण रोक लगाउने निर्णय गरेको हो। लमही नगरलाई सरसफाइमा उत्कृष्ट बनाउने अभियानअन्तर्गत प्लास्टिकका कप, प्लेट र चम्चा प्रयोग र बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको प्रवक्ता विमबहादुर केसीले जानकारी दिए।

नगरप्रमुख कुलबहादुर केसीको अध्यक्षतामा सम्पन्न बैठकले नगरपालिकाभित्रका ९ वटै वडास्तरमा पूर्ण सरसफाइलाई सहयोग पुग्ने खालका कार्यक्रम चलाउने निर्णय गरेको छ। राजमार्गमा सरसफाइ अभियान, बस्ती क्षेत्रमा सरसफाइसँगै अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको छ। नगरपालिकाले थालनी गरेको घरजग्गा अभिलेखीकरण कार्यक्रमलाई पुस १५ गतेसम्म समय थप गर्ने निर्णय गरेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?