मनमोहन गोल्डकपको उपाधि मनाङको पोल्टामा

मनमोहन गोल्डकपको उपाधि मनाङको पोल्टामा
विजेता टोली। तस्बिर: अभयकुमार राई।
+
-

विराटनगर- मनाङ मर्स्याङ्दी क्लबले दुहबीमा सम्पन्न मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। यससँगै गत वर्षको उपाधि भिडन्तमा व्यहोरेको हारको बदला पनि मनाङले आर्मीसँग लिएको छ।

सुनसरीको दुहबीस्थित नेपाल टेलिकमको खेलमैदानमा शनिबार भएको उपाधि भिडन्तमा चिरप्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई एककाविरुद्ध दुई गोलले स्तब्ध बनाउँदै मनाङले उपाधि चुमेको हो। रोमाञ्चक बनेको खेलको १७ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

प्रतियोगितामा ३ गोल गर्दै सर्वाधिक गोलकर्ताबाट पुरस्कृत नवयुग त्यसपछि मैदानमा गोलका लागि प्रयासमा जुटिरहे। अर्कोतर्फ रुपन्देही ११ लाई हराउँदै उपाधि होडमा पुगेको मनाङका लागि २८ औं मिनेट सुखद बन्यो। डीबक्स बाहिरबाट भली प्रहार गर्दैै गोल गर्न सफल विशाल राईले मनाङका लागि खेल बराबरीमा पुर्‍याए। आर्मीका गोलकिपर विकेश कुथुु विशालको सशक्त प्रहार बचाउ गर्न असफल भए।

पहिलो हाफमा समान एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफ थप रोमान्चक बन्यो। केही समयअघि राष्ट्रिय अन्तर्राष्ट्रिय खेलबाट बिदा लिएका मनाङका कप्तान अनिल गुरुङले गोलका लागि केही राम्रो प्रयास गरे पनि सफलता पाउन सकेका थिएनन्। त्यसैगरी चोटबाट तंग्रिएका आर्मीका कप्तान भरतले पनि खेललाई आफ्नो पक्षमा ल्याउने असफल प्रयास गरेका थिए।

यसैक्रममा खेलको ६३ औं मिनेटमा मनाङको टोली आर्मीमाथि हाबी भयो। मध्यक्रमबाट बल अघि बढाएका कप्तान अनिलले डीबक्समा बल क्रस गरेका थिए। उक्त बललाई नियन्त्रणमा लिँदै सुजल श्रेष्ठले विमल रानालाई सहयोग गरेका थिए। आर्मीको डिफेन्स लाइनमा अनमार्क रहेका रानाले उक्त अवसरलाई खेर जान दिएनन्। विकास खवासलाई चिर्दै रानाले गरेको प्रहार गोल हुन पुगेको थियो। त्यसपछि गोलका लागि अन्तिम १० मिनेटको समय आर्मीले मनाङमाथि एकपछि अर्को आक्रमण गरिरह्यो। तथापि आर्मी हारबाट बाहिर निस्कन असफल रह्यो।

जितसँगै मनाङका खेलाडीले विभिन्न उपाधिमा कब्जा जमाए। उत्कृष्ट खेलाडी सुजल श्रेष्ठ, गोलकिपरमा दिपेश थापामगर, फरवार्डमा कप्तान अनिल गुरुङ र डिफेन्समा प्याट्रिक घोषित भए। आर्मीका कप्तान भरत खवासले भने उत्कृष्ट मध्यपंक्तिको उपाधि पाए। विगतभन्दा पुरस्कार राशी बढाएको प्रतियोगितामा आयोजक इलेभेन एरोज क्लबका पदाधिकारी दीपक राईले आठवटा टोली सहभागी रहेको प्रतियोगितामा विजेता टोली मनाङले ४ लाख रुपैयाँ र उपविजेता आर्मीले २ लाख रुपैयाँ हात पारेको जनाएका छन्।

यो पनि हेर्नुहोस्:

आर्मीलाई काँकरभिट्टा गोल्डकपको उपाधि

नेपाललाई उपाधि रक्षा गर्ने चुनौती

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?