काठमाडौँ-कुवेत सिधा उडान सुरु

काठमाडौँ-कुवेत सिधा उडान सुरु
+
-

काठमाडौँ- कुवेतको निजी स्वामित्वमा रहेको वतानिया एयरवेजले २०७४ मंसिर २७ गतेदेखि कुवेत–काठमाडौं सिधा उडान सुरु गरेको छ।

वतानिया एयरवेजको पहिलो जहाज बुधबार राति त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। कुवेतबाट वतानिया एयरवेजको दक्षिण एसियामै पहिलो गन्तव्य काठमाडौं भएको छ।

वतानिया एयरको काठमाडौंसम्मको हवाई सेवा सञ्चालनसँगै काठमाडौं–कुवेत सिधा सम्बन्ध स्थापित हुने भएको छ। वतानिया एयरवेजको सिधा हवाई सम्बन्धसँगै नेपाल–कुवेत सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरिएको छ।

कुवेतबाट पर्यटकका रुपमा नेपाल आउन कुवेती नागरिकलाई सहज हुने र नेपालीका लागि पनि श्रम बजारका लागि कुवेत पुग्न धेरै सहज हुने विश्वास गरिएको छ।

वतानिया एयरवेज कुवेतदेखि नेपालसम्म सिधा उडान सञ्चालन गर्ने पहिलो कम्पनी बनेको छ। यो सेवाको पहिलो उद्देश्य कुवेती जनतालाई नेपालमा पर्यटनका लागि प्रोत्साहन गर्नु हो।दोस्रो उद्देश्य नेपालबाट कुवेतमा कामका लागि जाने जनतालाई सुलभ हवाई सेवा प्रदान गर्नु हो।

वतानिया एयरवेजको नेपालीलाई सस्तो र सरल रुपमा हवाई सेवा उपलव्ध गराउने उद्धेश्यका साथ यो हवाई सेवा सुरु हुन लागेको छ। टिकटदरसमेत सस्तो हुने एयरवेजले जनाएको छ।

एयरवेजले आफ्नो सेवाको काठमाडौं–कुवेत सम्मको टिकटको सुरुवाती मूल्य २३ हजार रुपैयाँ निर्धारण गरेको छ। तीनवटा ए–३२० विमान सहितको वतानिया एयरवेजले विश्वभरका ११ गन्तव्यमा उडान उपलब्ध गराइहेको छ। कम्पनीको काठमाडौंबाट दोहा, बहराइन, बाकु र अन्य विभिन्न स्थानका लागि सहज सञ्जाल विस्तार गरिएको छ।

‘नयाँ उडान सेवाको आगमनले नेपालको पर्यटन क्षेत्र तथा नेपालीलाई उल्लेख्य सहयोग प्राप्त हुनेछ’, वतानिया एयरवेज, काठमाडौंका लागि स्टेशन म्यानेजर रुपेश झाले भने, ‘यसले नेपालीलाई कुवेतमा कामका लागि जान सहज हुुने र थप अवसर समेत प्राप्त हुने विश्वास छ।’

 

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?