दाङमा कुन कुन उम्मेदवारको धरौटी जफत भयो?

+
-

दाङ– दाङमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ६१ जना उम्मेदवारको धरौटी जफत भएको छ। प्रतिनिधिसभातर्फका २४ र प्रदेशसभातर्फका ३८ उम्मेदवारको धरौटी जफत भएको हो।

धरौटी जफत हुने दलहरुमा राष्ट्रिय जनमोर्चा, नेकपा माले, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, संघिय समाजवादी फोरम, नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाली कांग्रेस बिपी समूह, मंगोलियन नेसनल अर्गनाईजेसनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरु छन्।

धरौटी बचाउन सफल हुनेहरुमा मुख्य ठूला पार्टीहरु नेकपा एमाले, माओबादी केन्द्र र नेपाली कांग्रेस छन्। कमजोर जनाधारका कारण दलका उम्मेदवारहरुले आफ्नो धरौटी गुमाउनु परेको हो। निर्वाचन आयोगले गरेको व्यवस्थाअनुसार सम्बन्धित क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशत मत उम्मेदवारले प्राप्त गर्नुपर्ने कानुनी प्राबधान छ। तर, दाङका ८१ जना उम्मेदवारमध्ये ६२ जना उम्मेदवारले १० प्रतिशत मत प्राप्त गर्न नसक्दा उम्मेदवारी दर्ता गर्दा बुझाएको धरौटी रकम जफत भएको हो।

निर्वाचन क्षेत्र नम्बर १ मा ९ जनाले धरौटी गुमाएका छन् भने क्षेत्र नम्बर २ मा ७ र तीन नम्बर क्षेत्रमा ८ जनाले निर्वाचन आयोगले तोकेको अनुसार मत ल्याउन नसक्दा जमानत गुमाउनु परेको हो। त्यसैगरी ३ वटै प्रदेशसभा तर्फका ३८ जना उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ। प्रतिनिधिसभा तर्फ २ लाख २५ हजार र प्रदेससभा तर्फ १ लाख ७२ हजार पाँच सय रुपैयाँ जफत भएको छ।

यो पनि हेर्नुहोस्:

महोत्तरीमा १८० उम्मेदवारको जमानत जफत

सोलुखुम्बुमा १२ जनाको जमानत जफत

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?