टोट्टनहामसँग रोकिएला म्यान सिटी ?

टोट्टनहामसँग  रोकिएला  म्यान  सिटी  ?
+
-

लन्डन-इंलिस प्रिमियर लिग फुटबलको आफ्नो महत्वपुर्ण खेलमा म्यानचेस्टर सिटीले शनिबार राती टोट्टनहामको सामना गर्दै छ । म्यान सिटी यो सिजन घरेलु लिगको एकमात्र अपराजित टोली हो।

उसले प्रतियोगिताका पछिल्ला १५ खेल लगातार जितेर प्रिमियर लिगमा सबैभन्दा बढी खेल लगातार जित्ने टोलीको कीर्तिमान पनि बनाएको छ । यस्तो स्थितीमा बलियो प्रतिद्धन्द्धी टोट्टनहामसँग कम्तिमा बराबरीमा रोकिएपनि म्यान सिटीको अपराजित यात्रा टुंगिने छैन।

र दुई खेल अघि दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेडलाई हराएको म्यान सिटी उच्च मनोबलमा छ । १७ खेलमा १६ जित र एक बराबरीको नतिजा निकालेको म्यान सिटी ४९ अंकसहित शिर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको म्यान युनाइटेडको १७ खेलपछि ३८ अंक छ।

१७ खेलपछि चेल्सीको ३५ र टोट्टनहामको ३१ अंक छ । टोट्टनहाम प्रतियोगितामा अघिल्ला दुई खेल जित्नुअघि लगातार चार खेलमा जितबिहिन भएको थियो।

म्यान सिटीले यो सिजन घरेलु लिगमा हरेक खेलमा कम्तिमा औसत तीन गोल गरेको छ । त्यतिमात्र होइन, प्रतियोगिताको यो सिजन सहभागी २० टोलीका केवल १२ खेलाडीले पाँचभन्दा बढी गोल गरेका छन्। जसमा ६ खेलाडी म्यान सिटीका मात्र छन् ।

प्रतियोगिताअन्तर्गत शनिबार राती हुने अन्य खेलमा चेल्सीले साउथह्याम्पटन, लेस्टर सिटीले क्रिस्टल प्यालेस र आर्सनलले न्युकासलको सामना गर्ने छ ।

यो पनि हेर्नुहोस्:

रोकिएन म्यानचेस्टर सिटीको गति

म्यान सिटीको लगातार १५ औं जित

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?