मलेसियालाई हराउँदै नेपाल फाइनलमा

मलेसियालाई हराउँदै नेपाल फाइनलमा
+
-

काठमाडौं- नेपाल थाइल्यान्डमा जारी एसिसी यु–१६ इस्टर्न रिजन च्याम्पियनसिपको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा नेपालले मलेसियालाई ७२ रनले हरायो ।

नेपालले निर्धारित ३४ ओभरमा आठ विकेट गुमाएर एक सय २७ रन जोडेको थियो । नेपालको पालीमा प्रतिश जिसीले २५, सुनिल भन्डारी र नारायण जोशीले १७÷१७ , विशाल विक्रम केसीले १५ तथा राजन मगर र रित गौतमले ११÷११ रन जोडे । तृतराज दासले पनि १३ रन बनाए ।

एक सय २८ रनको लक्ष्य पछ्याएको मलेसिया २१.१ ओभरमा ५५ रनमा समेटियो । मलेसियालाई सस्तोमा समेट्न नेपालका सुर्य तामांगले चार र प्रतिश जिसीले तीन विकेट लिए । नारायण जोशी र कुशल मल्ल्ले पनि एक एक विकेट लिए ।

एक रनको अन्तरमा तीन विकेट झरेपछि मलेसिया संकटमा परेको हो । मलेसियाले नौ ओभरमा चार विकेट गुमाएर २६ रन जोडेको छ । त्यसअघि २४ रन जोड्दा केवल एक विकेट गुमाएको मलेसिया २५÷४ को स्थितीमा पुगेको थियो । नेपालका बलर प्रतिस जिसीले दुई र सुर्य तामांगले एक विकेट लिए ।

नेपालले फाइनलमा सिंगापुरको सामना गर्ने छ । शनिबार भएको अर्को सेमिफाइनलमा सिंगापुरले हंगकंगलाई आठ विकेटले हरायो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?