पिएफए र फारवेस्ट दोस्रो चरणमा

पिएफए र फारवेस्ट दोस्रो चरणमा
+
-

धनगढी- धनगढीमा जारी फारवेस्ट पशुपति कप फुटवल प्रतियोगितामा पिएफए अत्तरिया र फारवेस्ट अत्तरिया स्पोर्टस एकेडेमी दोस्रो चरणमा प्रवेश गरेका छन्। धनगढी रंगशालामा शुक्रबार भएको खेलमा जित हात पार्दै पिएफ अत्तरिया क्वाटरफाइनलमा पुगेको हो।

फारवेस्ट अत्तरिया स्पोर्टस एकेडेमी भने विपक्षी टीम अनुपस्थित भएपछि वाई पाएर अन्तिम आठमा पुगेको छ।

धनगढी रंगशालामा भएको खेलमा पिएफए अत्तरियाले मनकामना युवा क्लव जुगेडालाई २–० ले पराजित गरेको छ। विदेशी खेलाडीसहित मैदानमा उत्रिएको पिएफएले पहिलो हाफको सुरुवातमै दुई गोल गर्दै जित हात पारेको हो। पिएफएका लागि पहिलो हाफको १३ औं मिनेटमा विशाल राईले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए। त्यसको १२ मिनेटपछि अभिषेक रिजालले गोल गर्दै अग्रता दोब्बर पारे। उनले पहिलो हाफको २५ औं मिनेटमा दोस्रो गोल गरेका हुन्।

मनकामनाका खेलाडीहरुले दोस्रो हाफमा गोल गर्न पाएका मौकाहरु चुकाउँदा हार व्यहोर्नु परेको हो।

यता अत्तरिया स्पोर्टस क्लब वाई पाएर दोस्रो चरणमा प्रवेश गरेको छ। शुक्रबारको पहिलो खेलमा सशस्त्र प्रहरी वल अनुपस्थित भएपछि स्पोर्टस एकेडेमी वाई पाएर दोस्रो चरणमा प्रवेश गरेको हो। वाई पाएर स्पोर्टस एकेडेमी पनि सिधै क्वाटरफाईनल पुगेको छ।

शनिबार हुने पहिलो खेलमा आयोजक फारवेस्ट पशुपति युवा क्लव ए र नेपाल प्रहरी तथा दोस्रो खेलमा आयोजक फारवेस्ट पशुपति युवा क्लव वी र पशुपति स्किमिमर्सबीच हुने आयोजकले जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?