३ सय डकुमेन्ट्री एकै थलोमा (भिडियोसहित)

+
-

काठमाडौँ इन्टरनेसनल फिल्म फेस्टिबल (किम्फ) बिहीबार राजधानीमा सुरु भएको छ।

नेपाली डकुमेन्ट्री ‘द लास्ट हनिहन्टर’ प्रदर्शन गरेर यस वर्षको किम्फ सुरु भयो । डकुमेन्ट्रीमा पूर्वी नेपालको भोजपुरको ‘हनि हन्टिङ’ बारे कथा छ।

यसअघि नेपालकै लमजुङको ‘हनिहन्टर’को कथामा पनि डकुमेन्ट्री बनेको थियो। ‘द लास्ट हनिहन्टर’ डकुमेन्ट्री एसिया प्रिमियर अन्तर्गत देखाइएको हो।

हिमालमा बस्ने र हिमालबाटै कमाइ खाने शेर्पा समुदायको कथा ‘शेर्पा स्टिउ’मा प्रदर्शन भयो। हिमालमा भारी बोक्ने र पर्यटक घुमाउने शेर्पाहरु पछि युरोप‍-अमेरिकाजस्ता देशमा सेटल हुने गर्छन्। विदेशीहरुको संगतबाट उनीहरुले विकसित देशतर्फ सजिलै बाटो बनाउने गरेका छन्। यही कथा ‘शेर्पा स्टिउ’मा देखाइएको छ।

पहिलो दिनमा सातवटा डकुमेन्ट्री प्रदर्शन भयो। पाँच दिनसम्म चल्ने फेस्टिबलमा ७७ देशका तीन सय डकुमेन्ट्री प्रदर्शन हुनेछन्।

नेपाली पानोरमा अन्तर्गत ५५ वटा डकुमेन्ट्री देखाइनेछ। सन् २००० देखि सुरु भएको किम्फको यो १५ औँ संस्करण हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?