रेशमका वारेसलाई जितको प्रमाणपत्र दिन १३ संस्थाको माग

+
-

कैलाली- कैलालीका १३ वटा थारु आदिवासी संघसंस्थाले कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका रेशमलाल चौधरीका वारेसलाई प्रमाणपत्र प्रदान गर्न माग गरेका छन्।

१३ वटै संगठनका प्रनिनिधिहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा रेशमलाल चौधरी आफैँ उपस्थित भएमा मात्र प्रमाणपत्र दिनु भनेर निर्वाचन आयोगले गरेको निर्णयको विरोध गरिएको छ।

‘निर्वाचन आयोगलाई निर्वाचनसम्बन्धी कानुनले जितेको उम्मेदवारलाई प्रमाणपत्र स्वयमलाई वा उसले इच्छाएको प्रतिनिधिलाई प्रदान गर्ने भन्ने नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अनुबन्ध १९६६ ले मानवअधिकार प्रत्याभूत गरेको छ’, विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा अदालतले दोषी नठहराएसम्म रेशम चौधरी र कारागारमा रहेका सबैजना निर्दोष रहेको पनि उल्लेख गरिएको छ। विज्ञप्तिमा निर्वाचन आयोगको नकारात्मक भूमिकाका कारण हुन जाने नकारात्मक प्रतिफलको जिम्मेवारी स्वयम् सम्बन्धित निर्वाचन अधिकृत वा सम्बन्धित निकायको हुने पनि चेतावनी दिइएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?