नारदमुनिले दिए आरजुलाई धन्यवाद

नारदमुनिले दिए आरजुलाई धन्यवाद
+
-

कैलाली ५ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले नेता नारदमुनी रानाले पराजित कांग्रेस नेतृ आरजु राणालाई धन्यवाद ज्ञापन गरेका छन्। धनगढीमा आज बिहान पत्रकार सम्मेलन गर्दै रानाले आफूलाई मन्त्री बनाउन पहल गर्ने भन्दै अभिव्यक्ति दिएकाले आरजुलाई धन्यवाद दिएका हुन्।

प्रधानमन्त्री पत्नी आरजुले केही दिनअघि आयोजित पत्रकार सम्मेलनमार्फत आफूलाई पराजित गरेर विजयी भएका नारदमुनीलाई मन्त्री बनाउन पहल गर्ने बताएकी थिइन्।

आफूलाई मन्त्री बनाउन सदीक्षा राखेकोमा आरजुलाई धन्यवाद दिन चाहेको रानाले बताए। उनले आफ्नो पार्टी नेकपा एमालेले आफ्नो मूल्याङकन गरेर मन्त्री बनाउनेमा आफू ढुक्क रहेको समेत बताए।

रानाले चुनावका बेला आफूले गरेका सबै प्रतिबद्धता पूरा गर्ने दाबी गरे। उनले केन्द्र, प्रदेश र स्थानीय सरकारको समन्वय भएमा मात्रै धनगढीको विकास सम्भव भएको बताए। धनगढी उपमहानगरपालिकाको स्थानीय तहमा कांग्रेसका उम्मेदवार विजयी भए पनि आफूहरुले सहकार्य गरेर अगाडि बढ्न चाहेको उनले बताए।

एमालेका वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका रानाले प्रदेश नम्बर ७ को राजधानी धनगढी अत्तरिया क्षेत्रमा हुनुपर्ने बताए। उनले गौरीफन्टा नाका र सेती अञ्चल अस्पतालको स्तरोन्नति गर्नु आफ्नो प्रमुख जिम्मेवारी रहने बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?