काभ्रेपलाञ्‍चोकमा आठ हजारभन्दा बढी मत बदर

काभ्रेपलाञ्‍चोकमा आठ हजारभन्दा बढी मत बदर
+
-

बनेपा-प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ काभ्रेपलाञ्चोकमा आठ हजार २९९ (४.३०) प्रतिशत मत बदर भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ मा ४ हजार २०० र प्रतिनिधिसभा क्षेत्र नं २ मा चार हजार ९९ मत बदर भएको हो ।

मतदाता शिक्षाको अभाव, मतदान गर्ने प्रक्रिया नजानेका कारण मत बदर भएको जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले जानकारी दिए।

हामीले मत कसरी खसाल्ने भन्ने विषयमा सिकाएनौ, त्यस्तो त्रुटि पनि देखियो उनले भन्नुभयो । कूल दुई लाख ७२ हजार २९२ मतदाता रहेको जिल्लामा एक लाख ९२ हजार ८७० मत खसेको थियो ।

जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख ३३ हजार ७७८ मतदाता रहेकामा ९३ हजार ५४२ मत खसेको थियो भने प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख ३८ हजार ५१८ मतदाता रहेकामा ९९ हजार ३२८ मत खसेको थियो । काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र दुई र प्रदेशसभा चार रहेको छ। रासस

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?