उत्तर कोरिया वार्तामा आए राष्ट्रसंघले सघाउने

उत्तर कोरिया वार्तामा आए राष्ट्रसंघले सघाउने
+
-

संयुक्त राष्ट्रसंघ- उत्तर कोरिया कोरियाली प्रायद्वीपको विषयमा वार्तामा बस्न तयार भयो भने संयुक्त राष्ट्रसंघले सो वार्ताका लागि मध्यस्थता गर्न तथा आवश्यक परेमा सघाउन तयार रहेको राष्ट्रसंघले जनाएको छ।

पछिल्लो समयमा उत्तर कोरियासँग वार्तागर्न संयुक्त राज्य अमेरिका तयार भएको समाचार आएको थियो । यस विषयमा उत्तर कोरियाको कुनै प्रतिक्रिया भने आएको छैन। यदि उत्तर कोरिया शान्ति वार्तामा आउछ भने यसका लागि मध्यस्थता गर्न वा आवश्यक के कस्तो सहयोग गर्नुपर्छ त्यसका लागि पनि राष्ट्रसंघ तयार भएको संयुक्त राष्ट्रसंघीय एकजना उच्च अधिकारीले बताएको छ।

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने प्रमुख एवम् राष्ट्रसंघका उपमहासचिव जेफ्री फेल्टमेनले उत्तर कोरियाली अधिकारीहरुले पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा युद्ध रोक्ने विषयमा गरिने आणविक विषयको वार्ताका लागि इच्छा देखाउन सक्ने अधिक सम्भावना रहेको बताए।

उनले हालैमात्र उत्तर कोरियाको भ्रमण गरेका थिए। त्यस भ्रमणका क्रममा उत्तर कोरियाली अधिकारीले कोरियाली प्रायद्वीपका विषयमा वार्ता गर्न तयार रहेको अभिव्यक्ति दिएका उनले बताए। उत्तर कोरिया सो कोरियाली प्रायद्वीपमा युद्ध रोक्न चाहेको धारणा आफूसँग राखेको भन्दै उहाँले यदि वार्ताका लागि उसले इच्छा राखेको हो र यस्तो शान्ति वार्ताको चाहना उसको छ भने यसबाट सबैलाई फाइदा पुग्ने धारणा राखेका थिए।

उनले वर्तमान विश्वमा कोरियाली प्रायद्वीपको अवस्था इतिहासमै सबैभन्दा तनावपूर्ण र खतरनाक रहेको आफूले पाएको पनि बताएको थियो । युद्ध रोक्नुपर्ने विषयमा उत्तर कोरिया सहमत भएको जानकारी आफूले पाएको पनि उनले बताए।

उनले यदि उत्तर कोरिया वार्ताका लागि इच्छुक छ भने त्यसका लागि राष्ट्रसंघले मध्यस्थता गर्ने मात्र नभई सघाउन पनि सक्ने उनले बताएको समाचारमा जनाइएको छ । राष्ट्रसंघका उपमहासचिव फेल्टमेनले यही डिसेम्बर पाँचदेखि आठ तारिखसम्म उत्तर कोरियाको भ्रमण गरेको थियो। संयुक्त राष्ट्रसंघीय अधिकारीले गरेको यो निकै लामो समयपछिको भ्रमण हो।

उनले सो अवसरमा उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो र अन्य उत्तर कोरियाली उच्च अधिकारीहरुसँग भेट वार्ता पनि गर्नुभएको थियो । त्यस भ्रमणलाई उत्तर कोरिया र राष्ट्रसंघले पनि महत्वपूर्ण र आवश्यक पनि भनेको छ। बुधबार मात्र अमेरिकाले उत्तर कोरियासँग विनाशर्त वार्तागर्न तयार रहेको जनाउ दिएको थियो । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सो जानकारी दिए।

बुधबार वासिङ्टनमा अमेरिकी विदेशमन्त्री टिलरसनले उत्तर कोरियासँग सिधा वार्तागर्न अथवा विना कुनै शर्त नै अमेरिका तयार रहेको जानकारी दिएका थिए।यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भने केही धारणा आएको छैन। अमेरिकी विदेशमन्त्री टिलरसनको यो धारणा उहाँको आफ्नै हो या राष्ट्रपति ट्रम्पको सहमति पनि छ भन्ने बारेमा पनि केही बताइएको छैन।

त्यसैगरी अमेरिकाको यो अभिव्यक्तिपछि उत्तर कोरियाका तर्फबाट पनि कुनै प्रतिक्रिया आएको छैन । तर राष्ट्रसंघीय अधिकारीले भने कोरियाली प्रायद्वीपमा युद्ध रोक्ने विषयमा उत्तर कोरिया तयार देखिएकोले उसले वार्ताको लागि पनि छिट्टै इच्छा प्रकट गर्ने धारणा राखे। रासस

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?