चोटबाट फर्किएर बेलको सनसनी

चोटबाट फर्किएर बेलको सनसनी
+
-

म्याड्रिड-  वेल्स स्ट्राइकर गारेथ बेलले मैदान छिरेको एक मिनेटमै गोल गरेपछि स्पेनिस क्लब रियल म्याड्रिड क्लब विश्वकपको फाइनलमा पुगेको छ। साविक युरोपियन च्याम्पियन तथा स्पेनिस लिग च्याम्पियन रियलले बुधबार राति भएको सेमिफाइनलमा अल जजिरालाई २–१ गोलले हरायो।

रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोेले पनि गोल गरे तर बेलले गरेको गोल निर्णायक रह्यो। ८१ औं मिनेटमा बेल मैदान छिरेका थिए र सोही मिनेटमा उनले लुकासको पासमा गोल गरे। बेल दुई महिनाको आरामपछि बुधबार राती खेलमा फर्किएका थिए।

२८ वर्षीय बेलले यो सिजनमा केवल ११ खेल खेलेका छन् जसमा चार गोल मात्र गरेका छन्। उनलाई सन् २०१३ मा रियलले विश्व कीर्तिमानी स्थानान्तरण मुल्यमा क्लब भित्र्याएको थियो। त्यसयता उनले रियलका लागि एक सय ६१ खेलमा ७१ गोल गरेका छन्। चोटका कारण उनले आफ्नो स्तर अनुसारको प्रदर्शन गर्न सकिरहेका छैनन्। बेलकै प्रदर्शनमा वेल्स गत युरोकपको सेमिफाइनलसम्म पुगेको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?