रियल म्याड्रिड विश्वकप फाइनलमा

रियल म्याड्रिड विश्वकप फाइनलमा
रियल म्याड्रिड र अलजजिराबीच बुधबार रातिको खेलमा क्रिस्टियानो रोनाल्डो। तस्बिर: एजेन्सी
+
-

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिड क्लब विश्वकपको फाइनलमा पुगेको छ।

साविक युरोपियन च्याम्पियन तथा स्पेनिस लिग च्याम्पियन रियलले बुधबार राति भएको सेमिफाइनलमा अल जजिरालाई २–१ गोलले हरायो।

रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो र गारेथ बेलले गोल गरे। खेलमा सुरुवाती अग्रता भने अल जजिराले लिएको थियो। जजिराका रोमारिन्होले ४१ औं मिनेटमा गोल गरेका थिए। तर रोनाल्डोले ५३ औं मिनेटमा खेल बराबरीमा ल्याए, लुका मोड्रिचको पासमा गोल गर्दै।

बेलले ८१ औं मिनेटमा लुकासको पासमा गोल गरेका थिए। बेल सोही मिनेटमा करिम बेन्जेमाको स्थानमा मैदान छिरेका थिए। रियल क्लब विश्वकपको फाइनल पुगेको यो तेस्रो पटक हो। यसअघि रियल दुई पटक फाइनल पुगेर दुवैमा उपाधि जितेको थियो।

प्रतियोगिताको सर्वाधिक सफल टोली भने स्पेनकै बार्सिलोना हो। बार्सिलोनाले तीनपटक यो प्रतियोगिताको उपाधि जितेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?