म्यान सिटीको लगातार १५ औं जित

म्यान सिटीको लगातार १५ औं जित
म्यान्चेस्टर सिटीका डेभिड सिल्भा लगातार तेस्रो खेलमा गोल गर्दै। तस्बिर: एजेन्सी
+
-

लन्डन- इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सनसनीपूर्ण प्रदर्शन कायमै राखेको छ।

बुधबार राति भएको खेलमा स्वान्सीलाई ४–० गोलले हराएको म्यान सिटीले प्रतियोगितामा लगातार १५ औं जित हात पारेको हो। म्यान सिटी घरेलु लिगमा लगातार सबैभन्दा बढी खेल जित्ने एकमात्र टोली हो।

स्वान्सीको मैदानमा भएको खेलमा म्यान सिटीका डेभिड सिल्भाले दुई तथा केभिन डे ब्रुन र सर्जियो एगुएरोले एक एक गोल गरे। १७ खेलबाट ४९ अंक जोडेको म्यान सिटी शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले १७ खेलबाट ३८ अंक जोडेको छ। १७ खेलपछि चेल्सीको ३५, टोट्टनहामको ३१, लिभरपुलको ३१ र आर्सनलको ३० अंक छ।

बुधबार राति भएका अन्य खेलमा म्यान युनाइटेडले बर्नमाउथलाई १–० , टोट्टनहामले ब्रिघ्टनलाई २–० गोलले हरायो भने लिभरपुल वेस्टब्रुमसँग गोलरहित बराबरीमा रोकियो। म्यान सिटी घरेलु लिगमा यो सिजन एकमात्र अपराजित टोली हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?