इरानमा ६.२ म्याग्‍निच्युडको भूकम्प

इरानमा ६.२ म्याग्‍निच्युडको भूकम्प
+
-

तेहरान-इरानको केरमान प्रान्तको होजाक शहर नजिकै केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प गएको इरानको भूगर्व विज्ञान विभागले जनाएको छ ।

स्थानीय समय अनुसार मङ्गलबार दिउसो १२ बजेर १३ मिनेटको समयमा गएको भूकम्पका कारण समाचार तयार गर्दासम्म १८ जना घाइते भएका बताइएको छ भने भूकम्पबाट कसैको मृत्यु भएको खबर प्राप्त भएको छैन।

भूकम्पको धक्कापछि घरभित्र बसिरहेका तथा व्यवसायमा सम्लग्न मानिस भागेर सुरक्षित स्थानतर्फ गएका आइआरएनए न्यूज एजेन्सीले बताएको छ । भूकम्पपछि होजाक र क्रेमन शहरमा विद्यालयमा बन्द भएका थिए।

स्थानीयबीच भूकम्पको त्रासका कारण बुधबार पनि विद्यालय बन्द रहने बताइएको भएका छन्।

भूकम्पका कारण उक्त क्षेत्रका केही स्थानमा विद्युत तथा खानेपानी सेवा अवरुद्ध भएको आइआरएनएले बताएको छ।

करिब १० किलोमिटर गहिराईबाट गएको भूकम्पको केन्द्रविन्दु ३०.७५४ डिग्री उत्तरी अक्षांश र ५७. ३१५ डिग्री दक्षिणी देशान्तरमा रहेको इरानी भुगर्व विज्ञान केन्द्रले जनाएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?