‘टीकापुरमा मारिएका बालकको परिवारलाई सोध्नुस्, यथार्थ सबै आइहाल्छ’

‘टीकापुरमा मारिएका बालकको परिवारलाई सोध्नुस्, यथार्थ सबै आइहाल्छ’
+
-

दुई वर्षअघि भएको टीकापुर घटनाका मुख्य योजनाकार भनी सरकारले फरार सूचीमा राखेका रेशम चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट करिब २३ हजार मतान्तरसाथ प्रतिनिधिसभा सदस्य निर्वाचनमा जित हासिल गरे। उनका प्रतिनिधिहरुले उनको वारेसनामा लिएर निर्वाचन जितेको प्रमाणपत्र लिन खोज्दा कैलालीका निर्वाचन अधिकृतले मंगलबार अस्वीकार गरे। उनीमाथिको आरोप, उनको जित, वारेसमार्फत उनले प्रमाणपत्र लिन गरेको प्रयासबारे मैले मंगलबार दिउँसो उनीसँग फोन सम्पर्क गरेँ। उनले मेरा जिज्ञासाहरु सुने र धैर्यतापूर्वक त्यसको जवाफ दिए।

कैलाली १ बाट निर्वाचित रेशम चौधरीसँग विशेष कुराकानी

भारी मतका साथ चुनाव जित्नुभयो, तपाईंको प्रतिक्रिया के छ?

मलाई टीकापुरबासीले चुनाव जिताए। यसले प्रस्ट हुन्छ, २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा मलाई मुख्य योजनाकार भनेर जुन आरोप लगाइयो, त्यो झुटो हो। मैले चुनावमा भाग लिएँ र चुनाव जितेँ। मेरो मत थारु समुदायको मात्र होइन, थारु र पहाडी दुवै वर्गले मलाई मत दिएका छन्। टीकापुर घटनापछि उब्जिएको विद्वेशको अवस्थामा सद्भावको नायक यही हुन सक्छ भनेर जनताले मलाई मत दिए। टीकापुर घटना भएको बेला म टीकापुरमा थिइनँ। तत्कालीन अवस्थामा छानबिन आयोगको प्रतिवेदन सरकारले स्वीकार गरेन।

निहीत स्वार्थ बोकेका व्यक्तिहरुले यो मुद्दा चलाए। म २३ हजार मतान्तरका साथ ३४ हजार मत ल्याएर विजयी भएँ। हाम्रा कतिपय सदर मत बदर गरिए। मत गणनाका क्रममा पनि निहुँ खोज्ने प्रवृत्ति धेरै थियो। आज मलाई निर्वाचन आयोगले प्रमाणपत्र दिएको छैन, मेरो वारेसनामा मार्फत मैले किन सर्टिफिकेट नपाउने ?

शेरबहादुर देउवाले गणेश पन्तमार्फत मनोनयन गर्न पाउने? सर्टिफिकेट लिन पाउने, मैले किन नपाउने?

सर्टिफिकेट लिएर जुलुस गर्न ट्रयाक्टर, मोटरसाइकलमा गएका हजारौं मतदाता निराश फर्कनुपर्‍यो। थारु समुदायका मानिसलाई दमन गरेर राज्य कसरी सम्बृद्ध हुन्छ? हामीले कस्तो बाटो अपनाउनुपर्ने हो?

उम्मेदवारी दर्तापछि आफ्नो पक्षमा कसरी प्रचार गर्नुभयो?

मैले केही त्यस्तो प्रचार गरिनँ। फेसबुकमा राखेँ। साथीभाइले प्रोजेक्टरमा त्यो गाउँगाउँमा देखाए। साथीहरुले मलाई धेरै सघाउ पुर्‍याए। छाता चिह्न थियो मेरो। पर्चा, पम्प्लेट छाप्ने पैसा थिएन। तर, साथीभाइको सद्भावले जितेँ। मेरो जितसँगै अब नेपाल र अन्तर्राष्ट्रिय जगतसामु एउटा प्रश्न उब्जिएको छ, वास्तविक जनमतको कदर हुन्छ कि हुँदैन? यति धेरै मतदाताको मूल्यांकन हुन्छ कि हुँदैन? मलाई लाग्छ, राज्यले यो समस्याको समाधान गर्नेछ।

थारु समुदायका मानिसलाई दमन गरेर राज्य कसरी सम्बृद्ध हुन्छ? हामीले कस्तो बाटो अपनाउनुपर्ने हो?

पछिल्लो समयमा तपाईँलाई राज्यको कुनै निकायबाट सम्पर्क प्रयास भएको छ कि छैन?

मलाई सरकारले कुनै प्रकारको सम्पर्क गरेको छैन। आज तर मेरो वारेसलाई मैले जितेको प्रमाणपत्र दिइएन। सिडियोले दिन खोज्नुभएको थियो रे, निर्वाचन कार्यालय प्रमुखले आलटाल गर्नुभयो रे। सामाजिक सञ्जालमा यसको चर्चा भइरहेको छ। जनमतको कदर नगर्ने हो भने जनताले आफ्नो बाटो आफैं खोज्नेछन्।

टीकापुर घटनामा सुरक्षाकर्मीहरु र अढाइ वर्षीय बालकमाथि त ठूलो ज्यादती भएको थियो नि?

बच्चाको सम्बन्धमा उसको परिवारलाई सोध्नुहोला। त्यो घटना कसरी भएको थियो भने उनीहरुले तपाईंलाई बताउनेछन्। म सामाजिक सद्भाव कायम गर्न यसबारे धेरै बोल्न चाहन्न तर यति भन्छु– बच्चाको परिवारलाई सोध्यो भने यथार्थ आफैं बाहिर आइहाल्छ। थारु समुदायका व्यक्ति भागेर बस्नुपर्‍यो त्यो बेला, राज्यले कर्फ्यू लगाएको बेला हाम्रो सम्पत्ति तोडफोड भयो। हामीलाई सुरक्षा दिनु राज्यको दायित्व हो कि होइन?

राज्यले गोली चलाउँदा दुर्घटना भयो। जनताले विद्रोह गरे र त्यो घटना भयो। विगत हेर्नुहोस्, संसार र हाम्रै देशमा पनि कस्ताकस्ता विद्रोह भएका छन् ?

टीकापुर घटनामा बाहिरका मान्छे पनि परिचालित थिए भन्ने आरोप छ नि?

म त्यो बेला थिइनँ। तर, मेरो जानकारीमा भएअनुसार बाहिरका मान्छ आएका थिएनन्। तत्कालीन गृहमन्त्री वामदेव गौतमले दक्षिणतिरबाट कालाकाला मानिस आएका थिए भनी संसदमा भन्नुभयो। गैरजिम्मेवारपूर्ण कुरा थियो। त्यसको जवाफ उहाँले नै दिनुपर्छ, कस्ता मान्छे आएका थिए भनेर। मलाई थाहा छैन।

(यति भनेर रेशम चौधरी हाँसे। उनको बोलीमा कुनै दबाब वा अप्ठ्यारोपन थिएन। मैले उनलाई जनताको मतका लागि बधाई दिएँ र फोन राखेँ।)

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?