समानुपातिक उम्मेदवार पिंकी भन्छिन्: समलि‌ंगी बिहेले विकृति रोक्छ

+
-

काठमाडौँ: यतिबेला निर्वाचनको प्रत्यक्षतर्फको नतिजा धमाधम आइरहेको छ। अहिले कतिपय जिल्लामा समानुपातिक मतगणना सुरु भइसकेको छ।

अब केही समयमै समानुपातिक निर्वाचित सांसदहरुको सूची आउनेछ। प्राय: पार्टीले समानुपातिक सूचीमा दलित, महिला र विभिन्न सीमान्तकृतहरुलाई स्थान दिएका छन्। अझ बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले तेस्रो लिंगी समुदायकी पिंकी गुरुङलाई समानुपातिक सूचीमा स्थान दिएको छ।

निलहिरा समाजकी अध्यक्षसमेत पिंकी एक यस्तो पात्र हुन् जो खुलेर यस समुदायमा लागेकी छन्। उनले देशसञ्चारसँगको संवादमा आफ्ना धेरै साथीले राजनीतिको ‘र’ पनि नबुझेको र हरेक किसिमका आफ्ना मुद्दा उठाउन संसदमा जान जरुरी भएकाले पनि राजनीतिमा प्रवेश गरेको बताइन्। उनले मुद्दाहरु कार्यान्वयन गर्ने स्थानमा भएका व्यक्तिहरुले समलिंगी विवाहलाई मान्यता दिनु भनेको विकृति हुने बुझेको भन्दै आश्चर्य व्यक्त गरिन्। उनले भनिन्, ‘समलिंगी विवाह विकृति नभएर यसले विकृति रोक्नेछ।’

उनले आफू प्रतिनिधिसभामा चुनिए पनि नचुनिए आफ्नो राजनीतिक यात्रा निरन्तर अघि बढ्ने बताइन्। गोरखाबाट विजयी भएका डा. बाबुराम भट्टराईलाई बधाई दिँदै उनले सीमान्तकृतको लागि काम गर्ने विश्वास पनि व्यक्त गरिन्।

देशसञ्चारका लागि वर्षा शाहले पिंकीसँग गरेको कुराकानी।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?