संविधानसभामा दुवै पटक हारेका शर्मा यसपालि चुनिए

संविधानसभामा दुवै पटक हारेका शर्मा यसपालि चुनिए
विजयी भएपछि तस्बिर खिचाउँदै रेवतीरमण शर्मा। तस्बिर: देशसञ्चार।
+
-

देउखुरी-  २०५४ सालमा साविक चैलाही गाविसको अध्यक्ष भएका रेवतीरमण शर्मा पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा पराजित भए।  राजनीतिको शब्दकोषमा थकान र हरेस दुवै हुँदैन भन्ने मान्यताको उदाहरणीय पात्र बन्न सफल भए यसपटक। निरन्तर नेकपा एमालेको राजनीतिमा सक्रिय रेवतीरमण शर्मा प्रदेशसभा निर्वाचन दाङ क्षेत्र नं. १(२) मा वाम गठवन्धनका उम्मेदवार बनेर निर्वाचित भएका हुन्।

फराकिलो मतान्तरले कांङ्ग्रेसका उम्मेदवारलाई पछि पार्दै शर्मा विजय भए। ‘जनताको सेवा गर्न कुनै पदमा पुग्नैपर्छ भन्ने केही छैन । संविधान सभाको निर्वाचनमा पराजित भए पनि जनताको सेवा गर्ने मेरो चाहना, सोचाइ र इच्छाशक्तिमा कहिले पनि कमी आएन’, उनले भने, ‘बरु अझ बढी उत्साहका साथ जनताको सेवामा जुटिरहें । पदभन्दा सेवालाई महत्व दिएको छु ।’

नेपाली कांग्रेसका उम्मेदवार जानकीलाल बस्नेतलाई ६ हजार ६ सय १ मतले पछाडि पार्दै शर्मा विजयी भएका हुन्। शर्माले १९ हजार ३ सय ५४ र बस्नेतले १२ हजार ७ सय ५३ मत ल्याए । ‘संविधानले दिएका अधिकारहरुको कार्यान्वयन गर्दै जनताको पक्षमा काम गर्नेछु’, शर्माले प्रतिक्रिया दिँदै भने, ‘घोषणापत्रमा उल्लेख गरिएका र जनचाहना अनुसारका काम मेरो प्राथमिकतामा पर्छ, सन्तुलित विकासको अवधारणा अनुसार योजना लिएर गाउँ पस्छु ।’ शर्मा विजयी भएपछि उनलाई स्वागत गर्न गाउँगाउँबाट समर्थकहरु लमही आइपुगेका थिए।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?