कैलालीमा रामजनमसँगै कांग्रेस छिरेका जनक पनि हारे

+
-

धनगढी-  कैलालीमा रामजनम चौधरीसँगै कांग्रेस छिरेका निवर्तमान सांसद जनक चौधरी पनि प्रदेश सभामा पराजित भएका छन्।

यसअघि विजय गच्छदारको पार्टीबाट कैलाली १ मा चुनाव जितेर सांसद बनेका चौधरीलाई यसपटक नेपाली कांग्रेसले प्रदेश सभाको उम्मेद्वार बनाएको थियो। उनी राजपाका कृष्ण चौधरीसँग पराजित भएका छन्। कृष्ण १२ हजार १ सय ८४ मतले विजयी भए।

दोस्रो स्थानमा रहेका जनकले ९ हजार ३ सय ८ मत पाए। बामगठबन्धनका उम्मेदवार एमालेका लालवीर चौधरीले ३ हजार ७ सय ४७ मत पाए। तीनै जना थारु समुदायका उमेद्वार प्रतिस्पर्धामा थिए। कांग्रेसका उम्मेद्वार जनक चौधरी प्रदेश १ मा पराजित भएका बेला यसअघिको संविधानसभाको निर्वाचनमा उनीसँग हारेका कांग्रेसका रणबहादुर रावल भने प्रदेशसभा २ मा विजयी भएका छन्।

देशभर बामगठबन्धनको लहर छाएका बेला टीकापुरमा भने बामबठबन्धनका उम्मेद्वारहरु निकै पछाडि छन्। यहाँ प्रदेशको एक सिट कांग्रेसले जितेको छ भने एक सिट राजपाले जितेको छ। कैलाली १ मा प्रतिनिधिसभामा भने फरार रहेका राजपाका रेशम चौधरी जितनजिक छन्। उनले प्रतिस्पर्धी एमाले र कांग्रेसका उम्मेदवार निकै पछाडि पारेका छन्। मोस्ट वान्टेड रेशम अग्रस्थानमा रहेको उक्त ठाउँको मतगणना निकै सुस्त छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?