एनपी साउद पराजित

एनपी साउद पराजित
एनपी साउद। फाइल फोटो।
+
-

कञ्चनपुर-  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउँद कञ्चनपुर क्षेत्र नम्बर २ बाट पराजित भएका छन्।

बाम गठबन्धनमा संयुक्त उम्मेदवार एमालेका नरबहादुर धामीले साउदलाई ८ हजार ३ सय २७ मतान्तरले पराजित गरेका हुन्।

धामीले ३३ हजार २ सय २० मत ल्याउँदा कांग्रेसका साउँदले २४ हजार ८ सय ९३ मत ल्याएका थिए।

साउद २०५६ को आम निर्वाचन साविक कञ्चनपुर १ र  दोश्रो संविधान सभा निर्वाचनमा र २ बाट निर्वाचित भएका थिए भने उनले २०५१ को मध्यावधि निर्वाचनमा साविक कञ्चनपुर ३ र पहिलो संविधान सभा निर्वाचनमा साविक कञ्चनपुर २ बाट पराजित भएका थिए।

धामी दोश्रो संविधान सभा निर्वाचनमा साविक कञ्चनपुर २ बाट कांग्रेसका बहादुरसिंह थापा सँग पराजित भएका थिए।

हालको निर्वाचनमा थापा कञ्चनपुर २ ‘ख’ मा प्रदेश सभा उम्मेदवार थिए। थापालाई बाम गठबन्धनका उम्मेदवार लाल बहादुर खड्काले ४ हजार ५ सय ३४ मतान्तरले पराजित गरे।

कांग्रेसका थापाले ११ हजार ८ सात ५१ मत ल्याउँदा खड्काले १६ हजार ३ सय ८५ मत ल्याएका थिए। यस्तै प्रदेश सभा २ ‘क’ मा पनि बाम गठबन्धनका उम्मेदवार महेश प्रसाद जोशी ५ हजार २ सय १० मतान्तरले विजयी भएका छन्।

जोशीले १७ हजार ६ सय ७२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार पुष्कर राज ओझाले १२ हजार ४ सय ६२ मत प्राप्त गरेका थिए।

क्षेत्र नम्बर १ मा पनि बाम गठबन्धन विजयी

कञ्चनपुर क्षेत्र नम्बर १ बाट बाम गठबन्धनकी साझा उम्मेदवार बिना मगर विजयी हुँदा प्रदेश सभाका दुवै सिटमा बाम गठबन्धनकै उम्मेदवार विजयी भएका छन्।

प्रदेश सभा १ ‘क’ एमालेका जिल्ला अध्यक्ष तारा लामा तामाङले नेपाली कांग्रेसका उम्मेदवार गोपाल सिंह गुरुङलाई दोब्बर बढी मतान्तरले पराजित गरेका छन्।

लामा १० हजार ७ सय २५ मतान्तरले बिजयी भएका हुन्।

बाम गठबन्धनका लामाले २० हजार १५ मत ल्याउँदा कांग्रेसका गुरुङले ९ हजार २ सय ९० मत ल्याएका छन्।

प्रदेश सभा २ ‘ख’ मा बाम गठबन्धनका कुलबीर चौधरीले नेपाली कांग्रेसका रामलाल रानालाई ५ हजार ८ सय ५३ मतान्तरले पराजित गरेका छन्।

चौधरीले १४ हजार ४ सय ९० मत ल्याउँदा कांग्रेसका रानाले  ८ हजार ६ सय ३७  मत ल्याएका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?