मोहनविक्रम पत्नी दुर्गाले गोविन्द पोखरेललाई हराइन्

मोहनविक्रम पत्नी दुर्गाले गोविन्द पोखरेललाई हराइन्
दुर्गा पौडेल। फाइल तस्बिर।
+
-
दाङ–प्यूठानबाट मोहनविक्रम सिंहकी पत्नी दुर्गा पौडेल प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएकी छिन्।
उनले नेपाली काँग्रेसका उमेदवार तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख रहिसकेका प्रा. डा. गोविन्दराज पोखरेललाई हराउँदै विजय हासिल गरेकी हुन्।
यसअघि कपिलबस्तु र काठमाडौँबाट निर्वाचनमा प्रतिष्पर्धा गरेकी पौडेल तेस्रो पटकमा निर्वाचित भएकी हुन्। पौडेल राष्ट्रिय जनमोर्चाको केन्द्रीय उपाध्यक्ष छन्। आइतबार राति घोषणा भएको अन्तिम मतपरिणाम अनुसार पौडेल१६ हजार २ सय २८ मतान्तरले विजयी भएकी हुन्।
पौडेलले ४७ हजार ५ सय १४ मत ल्याइन् भने निकटतम प्रतिस्पर्धी पोखरेलले ३१ हजार २ सय ८६ मत प्राप्त गरेका छन्। प्रत्यक्षतर्फ जिल्लाबाट पहिलो पटक पौडेल विजयी भएकी हुन्। यसअघिका जिल्लाबाट निर्वाचनमा महिला उम्मेदवार भए पनि विजयी हुन सकेका थिएनन्। पौडेललाई एमाले र माओवादी केन्द्रको साथ थियो।
प्युठानको झिमरुक गाउँपालिका—५ ओखरकोट प्यूठान निवासी पौडेल विद्यार्थी जीवनदेखि राजनीति क्षेत्रमा क्रियाशिल प्रबेश गरेकी हुन् । २०४१ सालदेखि पौडेलको राजनीतिक यात्रा सुरु भएको हो।
२०४५ सालमा साढे तीन महिना जनआन्दोलनका क्रममा उनले बन्दी जीवन बिताएकी थिइन्।
पौडेल २०५६ सालको निर्वाचनमा कपिलबस्तु र २०६४ को पहिलो संविधानसभा निर्बाचनमा काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी थिइन्। पौडेल नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी कान्छी पत्नी हुन्। पौडेलसँग पराजय भोगेका कांग्रेसका पोख्रेल राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएर चुनाव लड्न प्युठान आएका थिए।
जिल्लामा बामगठबन्धनको बलियो क्षेत्र हुँदाहुँदै काँग्रेसले पोखरेलको विजयी सुनिश्चत रहेकोमा दाबी गर्दै आएका थिए। राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा जिल्लाको विकास निर्माणमा पुर्‍याएको भूमिकाले पोखरेललाई जिल्लावासीले विजयी गराउनेमा अधिकांशले अनुमान गरे पनि त्यो अनुमानले फेल खाएको छ।
प्युठानको प्रदेशसभामा बामगठबन्धनकै उम्मेदवार विजयी भएका छन् । प्रदेशसभाका लागि क्षेत्र नम्बर १ मा एमालेका हरि रिजाल र २ मा माओवादी केन्द्रका कृष्णध्वज खड्का विजयी भएका छन् ।
(पाठकहरुको सुझावमा हामीले यसअघिको शीर्षक परिवर्तन गरेका छौँ।)
जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?