मोस्ट वान्टेड सूचीका चौधरीलाई कैलाली १ मा अग्रता

मोस्ट वान्टेड सूचीका चौधरीलाई कैलाली १ मा अग्रता
रेशम चौधरी।
+
-

दुई वर्षअघि टिकापुरमा नौ जनाले ज्यान गुमाएकोे हिंसात्मक घटनाका मुख्य योजनाकार भनेर प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका रेशम चौधरीले प्रतिनिधिसभाको निर्वाचनमा अप्रत्यासित अग्रता कायमै राखेका छन्।

फरार रहेका रेशमले कैलाली निर्वाचन क्षेत्र नम्बर १ को जारी मतगणनामा अहिलेसम्म फराकिलो अग्रता लिएका हुन। जारी मतगणनाको सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार रेशमले ४ हजार ९ सय २२ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेकी एमालेकी गरिमा साहले ११ सय ६६ मत पाउदा कांग्रेसले हजार मत कटाउन सकेको छैन। कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेको ६ सय ८९ मत छ।

फरार रहेका रेशमले सामाजिक सञ्जालमा भिडियो सन्देश दिएर मत मागेका थिए भने उनका समर्थकहरुले रेशमको चुनावी भाषणको भिडियो रेकर्ड गराएर प्रोजेक्टर मार्फत मतदातालाई सुनाएका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?