कालीकोट प्रतिनिधिसभामा वाम गठबन्धनका रावत विजयी

+
-

कालीकोट- कालीकोटबाट प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का दुर्गबहादुर रावत २१ हजार १११ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भुपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत प्राप्त गरेका छन्।

प्रदेशसभा (क)मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) उम्मेदवार कुर्मराज शाही विजयी भएका हुन्। प्रदेश सभा (ख)मा वाम गठबन्धनकै नेकपा (माओवादी केन्द्र)का नेता तथा बिना विभागीयमन्त्री महेन्द्रबहादुर शाही विजयी भएका छन्।

प्रदेशसभा (क)बाट विजयी उम्मेदवार कुर्मराज शाहीले ११ हजार ९३५ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकाका टेकराज शाहीले चार हजार ७८९ मत ल्याए ।
त्यसैगरी प्रदेशसभा (ख)मा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)नेता तथा बिनाविभागीयमन्त्री महेन्द्रबहादुर शाहीले १२ हजार १५३ मत ल्याई विजयी भए भने उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फका नेकाका उम्मेदवार कालीबहादुर सहकारीले नौ हजार ३४२ मत ल्याए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?