नयाँ मतदाता भन्छन् – कसरी भोट हाल्ने थाहा छैन

नयाँ मतदाता भन्छन् – कसरी भोट हाल्ने थाहा छैन
दाङको गाउँमा मतदातालाई मतदान गर्न सिकाउँदै निर्वाचन आयोगका कर्मचारी। तस्बिर: देशसञ्चार।
+
-

दाङ- लमही नगरपालिका वडा ६ मध्यनगर निवासी शारदा चौधरी बिहिबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा मतदानमा भाग लिँदैछिन। मतदान गर्न पाउँदा निकै उत्साहित भए पनि कसरी भोट हाल्ने भन्नेबारे उनलाई थाहा छैन। उनी पहिलोपटक मतदानमा भाग लिँदैछिन् । मतदान गर्ने तरिका सिकाउन गएकाहरुले राम्रो सिकाएनन्। हतार हतार गरेर फर्किए। दलका उम्मेदवार पनि घरसम्म हात जोडेर पुगे पनि भोट हाल्नेबारे सिकाएनन् । ‘तीनवटा मतपत्र छन् रे, चार ठाउँमा भोट हाल्नुपर्छ भन्ने सुनेको छु, तर कसरी भोट हाल्ने हो मलाई थाहा छैन्,’ उनले भनिन्, ‘भोट हाल्नेबारे सिकाएका छैनन्।’

नयाँ मतदाता अन्यौलमा छन् । दाङ जिल्लामा ४७ हजार ७ सय ८१ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन कार्यालय, राजनीतिक दल र सामाजिक अभियन्ताहरुले निर्वाचनको महत्वबारे मतदातामाझ कुरा पुर्‍याउन नसक्दा यस्तो अन्यौल देखिएको हो। ‘आफ्नो पार्टीका लागि मात्रै भोट मागे तर छाप लगाउनेबारे बताएनन्’, लक्ष्मी चौधरीले भनिन्, ‘गाउँका जान्नेबुझ्ने कहाँमात्रै नेता पुग्छन्, हामीलाई वास्ता गर्दैनन् र समय पनि दिँदैनन्।’

निर्वाचनलाई लक्षित गरेर निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि ती कार्यक्रम प्रत्येक मतदाताका घरसम्म पुग्न सकेको छैन। हातेपुस्तिका र नमूना मतपत्रसहित गाउँमा परिचालित भएका मतदाता शिक्षा कार्यकर्ताहरु घरघरमा पुुगेका छैनन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?