नारायणगोपाल संगीत कोष महानगरलाई

+
-

नारायणगोपालको २७ औँ स्मृति दिवसको अवसरमा नारायणगोपाल संगीत कोष काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरिएको छ।

मंगलबार महाराजगञ्जस्थित नारायणगोपाल निवासमा आयोजित कार्यक्रममा कोषकी महासचिव उषा शेरचनले महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई संगीत कोष हस्तान्तरण गरेकी हुन्।

नारायणगोपाल व्यक्ति मात्र नभई राष्ट्रकै गरिमा भएकाले उनको संरक्षणको दायित्वमा कुनै कसर बाँकी नछोड्ने प्रतिबद्धता मेयर शाक्यले व्यक्त गरे। सोही अवसरमा अडिटोरियम हल सहितको नयाँ भवन ‘गीतगंगा’ निर्माण गर्ने घोषणा पनि शाक्यले गरे। हाल सञ्चालन भइरहेको अर्केष्ट्रा संगीत प्रशिक्षणलाई नयाँ भवनमा वृहत् रुपले सञ्चालन गरिनेछ।

कार्यक्रममा संगीत क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई २५ हजार रुपैयाँ नगदसहितको सम्मान प्रदान गरिएको छ। राष्ट्रकवि माधव घिमिरे, गीतकार चेतन कार्की, कालीप्रसाद रिजाल, किरण खरेल, भैरवनाथ रिमाल, यादव खरेल, दुर्गालाल श्रेष्ठ, कञ्चन पुडासैनी, मानबहादुर मुखिया, सिके रसाइली, रत्नशमशेर थापा र नगेन्द्र थापालाई सम्मान गरिएको हो।

अग्रजलाई सम्मानसहित नारायणगोपालको सपना अर्केष्ट्रासहितको संगीतमा बीचदेखि पछिल्लो पुस्ताका गायकगायिकाले गीत गाए। शिशिर योगी, मदनगोपाल, निशा देशार, अजर जंगम, रञ्जित नेपाली, कुशल पौडेल, कृष्ण विश्वकर्मा, सुरज थापा, लालकाजी श्रेष्ठ, सरला विसी, देवेन्द्रमान सिं र मथुरा श्रेष्ठ प्रधानले नारायणगोपालका कालजयी गीत सुनाए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?