‌नेपाली लेखकले ल्याए ओबिआरसम्बन्धी पहिलो किताब

‌नेपाली लेखकले ल्याए ओबिआरसम्बन्धी पहिलो किताब
ओबिआरसम्बन्धी नेपाली लेखकले ल्याएको पुस्तक सार्वजनिक गर्दै विभिन्न क्षेत्रका व्यक्तिहरु। तस्बिर: देशसञ्चार।
+
-

लिट्टिल एन्जेल्स कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल तथा लेखक मित्रबन्धु पौडेलले वन बेल्ट रोडसम्बन्धी पुस्तक सार्वजनिक गरेका छन्। पुस्तक सार्वजनिक समारोहमा नेपाल चीन सम्बन्धका विविध पाटा समेटिएको पुस्तक पठनीय सन्दर्भ सामग्री हुने बताउँदै प्रकाशक लिट्टिल एन्जल्सका संस्थापक अध्यक्ष उमेश श्रेष्ठले आर्थिक विकासका लागि ‘कनेक्टिभिटी’ अपरिहार्य भएको र चीनको अवधारणाले नेपाललाई लाभ हुने धारणा राखे।

चिनियाँ राजदूतावासका प्रतिनिधि गु काइबुनले नेपाल चीनको असल मित्रराष्ट्र भएको र नेपालको विकासमा सधैँ सहयोगी हुँदै आएको  र आगामी दिनमा पनि  सहयोग रहिरहने भन्दै नेपालको राजनीति यहाँको आन्तरिक विषय भएकोले चीनले सधैँ आपसी सद्भाव, मित्रता र परस्पर सम्वृद्धि चाहेको र त्यो सम्बन्ध अत्यन्त पारदर्शीसमेत भएको बताए।

पेन इन्टरनेसनल नेपाल च्याप्टरका महासचिव प्रकाश ए राजले नेपाल चीन सम्बन्धमा ओबिआरबारे बुझ्न तथा चीनको यो रणनीतिक विकास परियोजनामा भारत किन सहभागी नभएको हो भन्ने प्रश्नको उत्तर यस पुस्तकले राम्ररी दिएको भन्दै ओबोर र नेपालबारे सम्भवत:  यो नै पहिलो पुस्तक भएको जिकिर गरे।

लेखक पौडेलले नेपाल चीन सम्बन्ध पुरानो कालदेखि नै सुमधुर रहँदै आएको भन्दै लिच्छवि राजा नरेन्द्रदेवको समयमा चीनलाई सातसय घोडचडी सैनिक सहायता गरेको नेपाल हाल चरम व्यापार घाटामा डुबेको तथ्य राख्दै हाम्रो आयात निर्यातभन्दा तेह्र गुणा बढी भएकामा चिन्ता व्यक्तसमेत गरे। चीनसँग मात्रै १४.५ प्रतिशत व्यापार घाटा भएको भन्दै यस्तो अवस्थामा निर्यातमुखी अवधारणा नेपालले बनाउनुपर्ने र त्यसका लागि वृहत छलफल गरी दीर्घकालीन चरम ऋणमा नेपाल नडुब्ने गरी कदम चाल्न पुस्तकले सुझाव दिएको बताए। कार्यक्रममा पेन इन्टरनेशनल नेपाल च्याप्टरका अध्यक्ष प्राध्यापक रामकुमार पाँडे,पूर्व अर्थसचिव जैनेन्द्र जीवन,  फ्रान्सका लागि नेपाली पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठ लगायत उपस्थित थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?