‘सुनसरीमा विकासका लागि ठूलो योगदान गरेको छु’

‘सुनसरीमा विकासका लागि ठूलो योगदान गरेको छु’
फाइल तस्बिर।
+
-

इनरुवा-नेपाली काँग्रेसका नेता तथा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले आफूले सुनसरीमा विकासका लागि ठूलो योगदान गरेको बताएका छन्। सुनसरीको बर्जु गाउँपालिकामा आइतबार सुनसरी क्षेत्र नं ३ ले आयोजना गरेको बृहत् चुनावी सभा कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री गच्छदारले सो कुरा बताएका हुन्।

नेपाली काँग्रेसका तर्फबाट सुनसरी क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका उपप्रधानमन्त्री गच्छदारले आफू पटकपटक यो क्षेत्रबाट जितेर गएको र त्यसपछि यस क्षेत्रको डुबान कटान र हिलो धुलो रहेको बाटोमा ग्राभेल तथा पुल निर्माण गरिदिएको बताए।

उनले सुनसरी क्षेत्र नं ३ मा आफूले गरेको विकास जनताको आँखासामु छर्लङ्ग रहेको बताउँदै एमाले माओवादीले गरिरहेको चुरीफुरी जनताले बुझिसकेकाले आफू छैटौँ पटकसमेत जित्‍ने जिकिर गरे। उपप्रधानमन्त्री गच्छदारले बाँकी रहेको काम अब पूरा गर्ने र ५ वर्षभित्र सबै बाटो कालोपत्र गर्नेसमेत दाबी गरे। कार्यक्रममा तीन सयभन्दा बढी विभिन्‍न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । रासस

यो पनि हेर्नुहोस्:

विजयकुमार गच्छदार विजयी

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?