डिस्चार्ज भएलगत्तै गगन पुगे अन्तिम प्रचारमा

डिस्चार्ज भएलगत्तै गगन पुगे अन्तिम प्रचारमा
अस्पतालबाट डिस्चार्ज भएलगगत्तै सिफलको चुनावी सभामा सम्बोधन गर्दै गगन थापा। तस्बिर: देशसञ्‍चार।
+
-

काठमाडौं- बम प्रहारबाट घाइते भएका नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अस्पतालबाट डिस्चार्ज भएलगत्तै सिफलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बम प्रहारले आफू कमजोर नहुने उल्लेख गर्दै मतदातालाई विध्वंश मच्चाउन खोज्नेलाई जवाफ दिन आग्रह गरे।

थापाले काँग्रेसभित्र अब नेतृत्व परिवर्तनको समय आएको बताएका छन्। प्रधानमन्त्री देउवाले आफूलाई ज्योतिषीले ७ पटक प्रधानमन्त्री हुने भनेको बिषयमा उनले भने, ‘ज्योतिषीले के के भने हेर्दै गरौला अब काँग्रेसका पुराना पुस्ताका नेताहरुले विश्राम लिदैं नँया पुस्तामा नेतृत्व हस्तान्तरण गर्नु पर्छ।  सम्बृद्ध मुलुक बनाउन काँग्रेस बलियो हुनु पर्छ र हामी त्यसका लागि काम गर्नेछौँ। ‘

५० बर्षको उमेरपछि राजनीतिबाट विश्राम लिन्छु भन्दै आएका थापाले २०९० सालको परिकल्पना गर्दै भने, ‘त्यस बखत  म ५६ बर्ष पुगेको हुनेछु, राजनीतिबाट बिश्राम लिई कुनै बिश्वविद्यालयमा अध्यापन गराइरहेको हुनेछु। उनले अगाडि थपे, १८ र २१ बर्षका मेरा छोरीहरुलाई समय दिंदै ८६ बर्षका माता पिताबाट आशीर्वाद लिदैं मेरी श्रीमतीसँग देशविदेश घुम्नेछु। गगनले भने, ‘त्यस बखत मलाई पूर्वमन्त्री, पूर्वसांसद वा अन्य कुनै परिचयभन्दा विकसित देशको एक नागरिक भनेको सुन्दा गर्व लाग्नेछ।’

उनले भने, ‘४ बर्ष संविधान लेख्ने जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छु, अब विकास र सम्वृद्धिका लागि काम गर्न चाहन्छु।’

आफ्नो योजना सुनाउँदै उनले भने, ‘शिक्षा र स्वास्थ्यमा हरेक नागरिकको समान अवसर निर्माण गर्नुपर्छ भन्ने मेरो चाहना छ। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समाल्दा केही सुधारको सुरुवात गरको छु अब ती परिवर्तनलाई संस्थागत गर्न काम गर्नेछु।’

बिरोधीले विभिन्न भिडियो मार्फत आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै बिरोधीले मण्डले भन्दा पनि तलको प्रवृत्ति प्रस्तुत गरेको आरोप उनले लगाए। उनले भने, ‘पञ्चायतकालमा दरबारले नेताको आवाज रोक्न नसके पछि चरित्रमा आक्षेप लगाउँदै कमजोर बनाउन गर्दथ्यो अहिले बिरोधीहरु त्यस्तै प्रवृति देखाउँदै छन्।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?