झापा २ मा पराजितहरूको प्रतिस्पर्धा

+
-

विर्तामोड– प्रतिनिधिसभा निर्वाचनका लागि गत संविधान सभाको निर्वाचनमा पराजित उम्मेदवारहरुको झापा क्षेत्र नम्बर २ मा रोचक भिडन्त हुने भएको छ। दोस्रो संविधान सभाको निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार पवित्रा निरौला खरेल झापाको क्षेत्र नं २ मा नेपाली कांग्रेसका सुधीरकुमार शिवाकोटीसँग पराजित भएकी थिन्।

अहिले बाम गठबन्धनका तर्फबाट उनी नै क्षेत्र नं २ का लागि प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेकी छिन्। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापा छन्। थापा दोस्रो संविधान सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट पराजय भोगेका कांग्रेस नेता हुन्। उनलाई एमालेका प्रेम गिरीले पराजित गरेका थिए।

माओवादी केन्द्रको समर्थन पाएकी एमालेकी उम्मेदवार खरेल पुरानो संरचना मेची अञ्चलकै प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनका लागि एक्ली महिला उम्मेदवार हुन्। २०३६ सालमा स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षबाट उनको राजनीतिक यात्रा प्रारम्भ भएको हो।
‘मेरो जित निश्चित छ,’ उनी भन्छिन्, ‘म एक्ली महिला उम्मेदवारलाई जिताएर पठाउनु पर्छ भन्ने मतदाताको माया ममाथि हुनेछ । मैले राजनीतिक जीवनको मूल्यांकन यसपालि मतदाताले गर्नुहुनेछ।’

२०७० सालको संविधान सभाको चुनावमा एमालेका प्रेम गिरीसँग पराजय भोगेका नेपाली कांग्रेसका उम्मेदवार उद्धव थापा पनि यसपालि चुनाव जित्ने दावी गर्छन्। उनले मतदाताकहाँ गएर आफ्नो क्षेत्रका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर काम गर्ने बताइरहेका छन्।

थापाले भने, ‘क्षेत्र नं २ झापाका मुख्य स्थानहरुमा पर्छ । तर जसरी विकासले गति लिनुपर्ने हो, त्यो भएको छैन। त्यसैले मेरो अजेन्डा विकास हो जुन सर्वसाधारणले चाहिरहेका छन्। त्यसैले मेरो जित निश्चित छ।’ झापाको क्षेत्र नं २ मा विर्तामोड नगरपालिकाको ९ वटा वडा, अर्जनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिकाको ३ वटा वडा र कन्काई नगरपालिकाको २ वटा पर्छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?