सीमा सुरक्षाका कुकुर ‘भिआइपी’को सुरक्षामा

सीमा सुरक्षाका कुकुर ‘भिआइपी’को सुरक्षामा
+
-

काँकरभिट्टा– प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको चुनाव नजिकिँदै जाँदा सीमा क्षेत्रमा कुकुरको सहायताद्वारा सुरक्षा जाँच सुरु गरिए पनि ‘भिआइपी’को जिल्ला बसाइका कारण त कुकुरलाई सीमा सुरक्षामा काम लगाउन नसकिएको नेपाल भारत सीमा क्षेत्रका प्रहरी अधिकारीहरुले बताएका छन्।

शनिबार बिहान पनि सीमामा चेकजाँचका लागि ल्याइएका कुकुर दमकतर्फ लगिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले बताए । उनले भने, ‘राति चाहिँ मेरोमा आउँछन् । दिउँसो त नेताको सुरक्षाका लागि लगिन्छ । आज पनि बिहान ६ बजे नै दमक लगियो ।’ चार दिनदेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दमकमा छन् ।

नेपाल भारतको सीमा काँकरभिट्टामा दैनिक पाँच सयभन्दा बढी रिक्सा तथा इरिक्साको आवागमन हुन्छ । पैदल यात्रुको संख्या पनि उल्लेख्य हुन्छ । त्यसैले सुरक्षा जाँचमा निकै अप्ठ्यारो भएको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए । उनले भने, ‘कोही बेला त निद्रा पनि लाग्दैन । यत्रो बढी मान्छे र रिक्साको चाप छ । सबै रिक्सालाई चेक गर्न मसँग भएको जनशक्तिले कसरी पुग्छ र ?’

चुनाव नजिक आइरहेका बेला सीमामा शंकास्पद गतिविधि हुनसक्ने भन्दै सवारी चेकजाँचका लागि कुकुर ल्याइएको प्रनाउ भट्टराईको भनाइ छ । विस्फोटक पदार्थसमेत भारतबाट भित्रिनसक्ने कुरालाई मध्यनजर राखेर कुकुरद्वारा चेकजाँच सुरु गरिएको उनले जानकारी दिए। भट्टराईले भने, ‘यो नाका अति संवेदनशील हो। यहाँबाट पनि विस्फोटक पदार्थ भित्रिन सक्ने भएकाले कुकुरद्वारा नियमित चेकजाँचको व्यवस्था मिलाएका हौं।’

शुक्रबार मात्र काँकरभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रु बसबाट एउटा प्रेसर कुकर बम, दुई सकेट बम र विस्फोटक पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?