मनोरञ्‍जन क्षेत्रका बालिका र किशोरी उच्च जोखिममा

मनोरञ्‍जन क्षेत्रका बालिका र किशोरी उच्च जोखिममा
फाइल फोटो
+
-

काठमाडौँ-काठमाडौँका विभिन्‍न क्षेत्रमा धेरै मानिसको आवतजावत हुने बजार, चोक, डान्सबार, डान्स रेस्टुरेन्ट, मसाजजस्ता मनोरञ्जन क्षेत्रका व्यवसायमा कार्यरत बालिका तथा श्रमजीवी महिला जोखिममा रहेको पाइएको छ ।

चेञ्ज नेपाल नामक सामाजिक संस्थाले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिको समन्वय र सहकार्यमा हालै भएको स्थलगत अध्ययन तथा अनुगमनका क्रममा काठमाडौँका केही खाजाघरमा अधिकांश किशोरी १८ वर्षभन्दा मुनि र शोषणमा पर्ने परेको पाइएका हुन् ।

कलंकी तथा त्यस आसपास क्षेत्रका होटलमा १८ वर्षभन्दा कम उमेरका किशोरीलाई काममा लगाइएको छ । अनुगमनका क्रममा भेटिएका करिब २० किशोरी काठमाडौँ उपत्यका बाहिरका थिए । अधिकांश किशोरीले आफ्नो उमेर ढाँटेर परिपक्व भएको उमेर (१८ भन्दा माथि) रहेको बताएका थिए ।

कम उमेरका भएका बालक तथा बालिकालाई एक जिल्लाबाट अर्को जिल्लामा स्थानान्तरण गर्दा सम्बन्धित जिल्लाका बालकल्याण समितिको सिफारिश आवश्यक पर्ने भए पनि त्यसको बेवास्ता गरी काठमाडौँ उपत्यका बाहिरबाट यहाँ बालिकाको ओसारपसार भइरहेकामा चेञ्ज नेपालका कार्यकारी निर्देशक प्रमेश प्रधानले चिन्ता व्यक्त गरे। करिब १६ वर्षअगाडि सो व्यवसायका सञ्चालकले गर्वका साथ बालिका तथा महिलालाई रोजगार दिएको बताए पनि अहिले काम गर्ने किशोरीको संख्‍यालाई लुकाउने गरेका छन् ।

व्यावसायिक रुपमा यौनशोषण हुने सो क्षेत्रमा कम उमेरका बालिका र किशोरीको उच्च माग रहेको छ । उनीहरुको रुप, रङ र उमेरका आधारमा पारिश्रमिक निर्धारण हुने गरेको छ । यस्ता बालिकाका ग्राहकका रुपमा विभिन्न उमेर समूहका पुरुष तथा भरियादेखि प्राध्यापकसम्म फेला परेका छन् । उक्त क्षेत्रमा भयावह अवस्था विकास हुन थालेकाले स्थानीय तहका सरकारले यस्तो स्थितिलाई समयमै रोक्न आवश्यक देखिएको बताइएको छ ।

महिला तथा बालबालिका विकास कार्यालयका प्रमुख महिला अधिकारी अनिता अधिकारीले बालिका र किशोरीलाई प्रलोभनमा पारेर यौन कार्यमा लगाउनु गम्भीर अपराध भएको बताउँदै त्यस्ता कार्य गर्ने व्यक्ति तथा समूहलाई कानूनबमोजिम दण्डित गर्नुपर्नेमा जोड दिए। डान्स बार, डान्स रेस्टुरेन्ट, मसाज पार्लरजस्ता मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमजीवी महिलाको पेशालाई मर्यादित बनाउनका लागि गैरसरकारी संघसंस्था तथा सरोकार पक्षबाट भएको प्रयासले सर्वोच्च अदालतबाट २०६५ सालमा निर्देशिका तयार गरिएको छ ।

त्यस क्षेत्रमा सञ्चालन भएका व्यवसायको अनुगमन र व्यवसायीलाई सुझाव प्रदान गर्नेलगायत नियम बनाइएको छ । मनोरञ्जन क्षेत्रमा सञ्चालित व्यवसायलाई मर्यादित गर्न र श्रमजीवी महिलाको अधिकारका लागि सरकारी तथा गैरसरकारी निकायले गर्नुपर्ने कामका सम्बन्धमा कार्ययोजना बनाएर सोहीबमोजिम काम भइरहेको महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।

म्हिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा क्रियाशील पत्रकार रुपा शर्माले उक्त क्षेत्रमा काम गर्ने बालिका, किशोरी तथा महिलाका अवस्थाबारे समाचार संकलन गर्दा विभिन्न क्षेत्रबाट प्रलोभनका साथै धम्की आउने गरेको जानकारी दिए ।

सन् २००३ मा बालबालिका तथा महिला शोषणविरुद्ध समाजमा जनचेतना फैलाएर त्यसको न्यूनीकरण गर्ने उद्देश्यले स्थापित चेञ्ज नेपालले अहिलेसम्म त्यस क्षेत्रमा कार्यरत करिब सात हजार बालिका र किशोरी पहिचान गरी करिब एक हजार जनालाई सिलाइ, बुनाइ, कटाइलगायत व्यावसायिक सीप र तालीम उपलब्ध गराएर परिवारमा मिलन गराइएको जनाएको छ । उनीहरुलाई सिलाइ यन्त्र प्रदान गरिनाका साथै तरकारी र फलफूल पसल खोल्न आर्थिक सहयोग उपलब्ध गराएको छ । कृष्णराज गौतम /रासस

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?