चुनावी अभियानमा घुम्‍न गएका एमाले नेता मण्डलको निधन

चुनावी अभियानमा घुम्‍न गएका एमाले नेता  मण्डलको निधन
नेकपा (एमाले) महोत्तरी जिल्ला अध्यक्ष जामुन मण्डल
+
-

गौशाला: नेकपा (एमाले) महोत्तरी जिल्ला अध्यक्ष जामुन मण्डलको गए राति निधन भएको छ ।  एमाले महोत्तरीका अनुसार  मण्डलको गए राति ८ बजेतिर भारत बिहारको पटनास्थित इन्दिरा गान्धी मेमोरियल अस्पतालमा निधन भएको हो ।

एकडारा गाउँपालिका –३ निवासी ५० वर्षीय  मण्डललाई चुनावी अभियानमा घुमिरहेका बेला  १५ दिनदेखि बिरामी भई एक साता पहिले उपचारका लागि पटना लगिएकामा उपचारकै क्रममा निधन भएको पार्टीका जिल्ला सदस्य जीतेन्द्र पासवानले बताए।

उनी मिर्गौला र कलेजोको रोगबाट समेत ग्रसित थिए। मण्डल २०५४ सालको स्थानीय चुनावमा तत्कालीन भटौलिया गाविस अध्यक्षमा निर्वाचित भएका थिए। उनी दुई कार्यकाल एमाले जिल्ला अध्यक्ष भएर काम गरिसकेका थिए।  मण्डलका श्रीमती तथा  दुई दुई छोरा र  छोरी छन् ।

यो पनि हेर्नुहोस्:

दलको चुनावी गीत गाएर भोट माग्दै कलाकार

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?