भाइरल ज्वरोले दुई सातामा १२ जनाको मृत्यु

+
-

सुर्खेत-चिसोसँगै फैलिएको भाइरल ज्वरोले दुई सातामा १२ जनाको मृत्यु भएको छ। प्रदेश नं. ६ का हुम्ला र जाजरकोटमा फैलिएको भाइरल ज्वरोले पछिल्लो दुई सातामा १२ जनाको मृत्यु भएको हो।

रुघाखोकी र भाइरल ज्वरोका कारण हुम्लामा ६ जनाको मृत्यु भएको छ भने जाजरकोटमा पनि ६ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा बृद्धबृद्धा र शिशु छन्।

जाजरकोटको जुनीचाँदे गाउपालिकामा दुई सातादेखि फैलिएको भाइरल ज्वरोले ६ जनाको मृत्यु भएको छ। ज्वरोले उक्त गाउँपालिकाका २ हजार स्थानीय विरामी छन्।

ज्वरोले जुनीचाँदे २, मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ५३ बर्षीया आइती तिरुवा, ७२ बर्षीय सतरूप शाहीसहित नाम नखुलेका ३ जना नवजात शिशुको मृत्यु भएको छ। भाइरलका कारण उनीहरूको मृत्यु भएको स्वाथ्य चौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले जानकारी दिए।

उनले देशसञ्‍चारसँग भने, ‘ भाइरलले रोगविरुद्ध लड्ने शक्ति कमजोर भएका विरामीको मृत्यु भएको हो।चिसोका कारण भाइरलको प्रकोप फैलिइरहेको छ। सरकारले औषधि दिनुपर्‍यो।’ ज्वरोका कारण जुनीचाँदे १, २ र ३ का दुई हजार स्थानीय थला परेका छन्।

उनका अनुसार विरामीमा ज्वरो आउने, हातखुट्टा दुख्ने, चिट्चिट पसिना आउने, सुख्खा खोकी लाग्ने, घाँटी दुख्‍ने, श्‍वासप्रश्‍वास बन्द हुने, आँखा रातो हुने लगायत लक्षण देखा परेको छन्। ज्वरो फैलिएसँगै स्वास्थ्य चौकीमा दैनिक १ सय जना भाइरलका विरामी उपचारका लागि आउने गरेका छन्।

भाईरलका विरामी स्वास्थ्य संस्थामा उपचारमा नआई धामी झाँक्रीको झारफुकमा जाने गर्दा रोग घट्नुको साट्टो तिब्र रूपमा फैलिने समस्या भएको बताइएको छ। जुनीचाँदे जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाउँ, मजकोट, आलीमौगाना, डाँडाकोट र परालेमा भाइरल ज्वरोको प्रकोप देखा परेको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण केसीले बताए।

भाइरलको प्रकोप फैलिएको सुचना पाएलगतै महामारी फोकल पर्सन कृष्ण खत्रीको टोलीलाई जुनीचाँदेतर्फ पठाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले जानकारी दिए।

रोग प्रभावित क्षेत्र ३२ कोष टाढा रहेकाले १ ट्याक्टर औषधिका साथै स्वास्थ्यकर्मी पठाइएको छ। रोगको पहिचानका लागि टेक्निसियनसहित एच १ एन १ को टेष्ट किड समेत प्रभावित क्षेत्रमा पठाएको बताइएको छ । रोग प्रभावित क्षेत्रमा विरामीको थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा. पवन शाक्यको नेतृत्वमा थप टोली पठाएको छ।

हुम्लाको ताजाकोट गाउँपालिका र सर्केगाड गाउँपालिकामा फैलिएको ज्वरोले पनि ६ जनाको ज्यान लिइसकेको छ। प्रभावित क्षेत्रका स्वास्थ्य संस्थामा औषधि अभाव भएपछि जिल्ला सदरमुकामबाट चिकित्सक र औषधिसहितको टोली प्रभावित क्षेत्रमा पुगिसकेको छ । उक्त टोलीले दुई दिनदेखि प्रभावित क्षेत्रका नागरिकको उपचार गरिरहेको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?