मेरिल्याण्ड- अमेरिकाको मेरिल्याण्ड राज्यको संसदले पारित गरी गभर्नर वेज मुरले प्रोक्लोमेसन जारी गरी गत वर्षदेखि आधिकारिक रुपमा मनाउन थालिएको दशैं डे कार्यक्रम शानिवार भव्य रुपमा सम्पन्न भएको छ।
विविधता र दशैं भन्ने मुख्य नाराका साथ मनाइएको उक्त कार्यक्रममा अमेरिकाका प्रभावशाली सिनेटर क्रिस भ्यान होलेन, मेरिल्याण्ड राज्यकी डेपुटी गभर्नर अरुणा मिलर, वाल्टिमोर काउन्टीका काउन्टी एक्जुकेटिभ एवं कंग्रेस उमेदवार जोनी ओ ओल्जेस्की, वाल्टिमोर काउन्टी काउन्सिलका अध्यक्ष जुलियन जोन्स, सिनेटर क्याथी क्लाजमार, डेलिगेटहरु स्कट फिलिप, निक एलन लगायतका निर्वाचित प्रतिनिधि उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी सिनेटर क्रिस भ्यान होलेनले अमेरिका विविधता मार्फत प्रजातान्त्रिक अभ्यास अपनाउँदै आएको देश भएकाले हरेक भाषा र संस्कृतिको उत्तिकै सम्मान र समावेशीतालाई उच्च प्राथमिकतामा राखिएको बताए। उनले आगामी नोभेम्बरमा हुने चुनावमा कमला ह्यारिसलाई मतदान गर्न नेपाली तगा सम्पूर्ण एशियाली मूलका नागरिकहरुलाई अनुरोध पनि गरे।
उनले सन् २०२० को निर्वाचनमा अमेरिकन एसियन कम्युनिटीका व्यक्तिहरुले मतदानमा भाग लिएर अग्रणी भूमिका खेलेको उल्लेख गर्दै मतदानमा भाग लिएर आप्रवासीको एजेण्डालाई अमेरिकाको एजेन्डाको रुपमा स्थापित गर्न मतदाताहरूलाई आग्रह समेत गरे। सिनेटर होलेनले गतवर्ष आफूले गरेको नेपालको भ्रमण र न्यानो आतिथ्यताको स्मरण पनि गरेका थिए।

कोरोनाको बेलामा विश्वव्यापी रुपमा खोप वितरणमा सिनेटर भ्यान होलेनको कार्यालयले महत्वपूर्ण समन्वय गरेर नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो।
कार्यक्रममा मेरिल्यान्ड राज्यकी डेपुटी गभर्नर अरुणा मिलरले मेरिल्यान्ड राज्यले दशैं सम्बन्धी बिल पारित गरेर अमेरिकाभरि नै अग्रणी राज्यको रुपमा रहेको उल्लेख गरिन्। उनले अमेरिकी भूमि असीमित अवसरहरू भएको र सोही अवसरका कारण नेपाली मूलका ह्यारी भण्डारी र आफू स्वयं यहाँको राजनीतिमा स्थापित हुन सफल भएको बताइन्। कार्यक्रममा बाल्टिमोर काउन्टीका काउन्टी एक्जियुकेटिभ एवं कंग्रेस चुनावका उम्मेदवार जोनी ओल्जेस्कीले अमेरिकामा अनेकन सांस्कृतिक, सामाजिक सामन्जस्यता रहेको उल्लेख गर्दै नेपाली समुदायले मेरिल्यान्डमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख ग रे। उनले मेरिल्याण्ड राज्यमा रहेका आप्रवासीहरूको अधिकारको लागि सदैव आफू अग्रपंक्तिमा उभिएर काम गर्न तयार रहेको बताए।

नेपाली मूलका पहिलो डेलिगेट डा. भण्डारीले दशैं शान्ति र एकताको प्रतीक भएकाले यसले बसुधैव कुटुम्बकम भन्ने मान्यताका साथ विश्वव्यापी रूपमा सद्भाव र ममताको सन्देश सम्प्रेषण गर्न सफल भएको बताए। सिनटेर क्रिस भ्यान होलेनले गरेको अहिलेसम्मकै वैदेशिक सम्वन्धका बारेमा अमेरिका र संसारभरि उनको नेतृत्वको महत्वपूर्ण प्रभाव बारेमा भण्डारीले जानकारी गराएका थिए। मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ मा भएको उक्त कार्यक्रममा दशैं सम्बन्धी विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो।

कार्यक्रममा स्वस्ती वाचन, नेपाली पन्चेबाजा, तान्त्रिक नृत्य, नेपाली नृत्य, नेपाली संस्कृति झल्कने पोशाक, चिनियाँ क्वांग नृत्य, राजस्थानी नृत्य, मैथिली नृत्य लगायतका विभिन्न व्यक्ति तथा समूहहरुले सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए। उक्त नृत्यको लागि यज्ञमान कायस्थ, अमित शाह, अमृत रामदाम, गायत्री गुप्ता,पिंग वुले समन्वय गरेका थिए। आगन्तुकहरुलाई पञ्चकन्याले स्वागत गरिएको थियो भने उनीहरुको समन्वय माधवी भण्डारी, ईशा गुरुङ र सृजना न्यौपानेले गरेका थिए। कार्यक्रमको समन्वय तीर्थ पाण्डेयले गरेका थिए।
कार्यक्रममा मेरील्यान्ड,भर्जिनिया,पेन्सि
अमेरिकाको मेरील्यान्ड राज्यले दशैं डे सम्बन्धी विधेयक पारित गरेर अक्टोबर ५ लाई दशैँ डेको रूपमा मान्यता दिएको छ । उक्त विधेयक पारित गराउन नेपाली मूलका पहिलो डेलिगेट ह्यारी भण्डारीले संसद समक्ष विधेयक पेश गरेका थिए। उक्त विधयेकलाई दुवै सदनले अनुमोदन गरेर गभर्नर वेज मुरले सन् २०२२ प्रमाणीकरण गरेपछि सन् २०२३ देखि दशैं डेको रुपमा मनाउन थालिएको छ । शनिबार आयोजना गरिएको कार्यक्रममा अमेरिकी राष्टपतिका उमेदवार कमला ह्यारिस, मेरिल्याण्डकी सिनेटरकी उमेदवार एञ्जिला अल्सोबु्रक, कंग्रेस उमेदवार जोनी ओ लगायतका उमेदवारहरुको प्रचार प्रसार समेत गरिएको थियो।
