बसमा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ

बसमा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ
+
-

जनकपुरधाम – बसमा लुटपाट गरेको आरोपमा सर्लाही प्रहरीले तीनजनालाई होटेलबाट नियन्त्रणमा लिएको छ।

स‍‍ोमबार सिन्धुलीको भिमानबाट बर्दिबासतर्फ आएको ना ३ ख २८७६ नम्बरको बसमा सवार भई आएका महोत्तरीको बर्दिबास नगरपालिका–३ बस्ने ७० वर्षीय रेशम बहादुर बलम्पाकीको साथमा रहेको ४ लाख ७० हजार रुपैयाँ लुटेको आरोपमा तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–४ जिरायत बस्ने ४० वर्षीय रामबहादुर थिङ, धादिङको सुनौलो नगरपालिका–४ रिजालटोल बस्ने ४४ वर्षीय कृष्ण ठकुरी र मोरङको विराटनगर महानगरपालिका–१२ बस्ने ५४ वर्षीय रुपक भुजेल रहेका छन्।

उनीहरु बर्दिबासमा धरानबाट नारायणघाटतर्फ जाँदै गरेको अल्फाबेट नखुलेको ३३७७ नम्बरको बसमा चढी सर्लाहीको बागमती–१२ स्थित पुतली चोकमा बसबाट झरी त्यहाँ रहेको कालिका होटलमा बसेका थिए।

प्रहरीले उनीहरुको साथबाट लुटिएको रकममध्ये २ लाख २८ हजार ५ सय रुपैयाँसमेत बरामद गरेको छ। पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महोत्तरीमा पठाइएको सर्लाही प्रहरीले जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?